वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अक्कुले नेफ्स्कूनलाई निर्देशन दिन सक्छ ? यस्तो छ लिखित निर्देशन (पत्रसहित)

अर्थटुडे
२०७७ कार्तिक २६, बुधबार

काठमाडौं । सहकारीको गुणस्तर प्रमाणीकरण कार्यक्रम ‘एक्सेस ब्राण्ड’ वितरणमा आर्थिक चलखेलको विषयमा छानविन गर्न एसियाली ऋण महासंघ (अक्कु) ले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) लाई निर्देशन दिएसँगै यसको बैधानिकताबारे बहस सुरु भएको छ । आरोपित संस्थाको सिइओलाई निलम्बन गरी छानविन गर्नलगायतका ७ बुँदे लिखित निर्देशन दिएसँगै अक्कु नेपालको सहकारी नियामक भन्दा पनि माथी गएर ‘सुपर रेगुलेटर’ का रुपमा प्रस्तुत भएको र नेपालको सहकारीको स्वायत्तता हनन गरेको चर्चा सुरु भएको छ ।

दोलाखास्थित मिलिजुली कालिञ्चोक सहकारी संस्थाले एक्सेस ब्राण्ड लिनका लागि आर्थिक आर्थिक चलखेल गरेको समाचार सार्वजनिक भएसँगै अक्कुले छानविन गर्न निर्देशन दिएको हो ।

अक्कुको पत्रमा एक्सेसले ब्राण्डले सहकारी संस्थाको सुरक्षाको सुनिश्चितता गर्ने भएपनि मिलिजुली साकोसको सिइओले घुस खुवाउने र छद्म ऋण प्रवाह गर्ने काम गरेर वित्तिय अपराधको काम गरेको गम्भिर विषय समाचारमार्फत सार्वजनिक भएको भन्दै ब्राण्डको रक्षाको लागि ७ बुँदे निर्देशन दिएको हो । निर्देशनमा सक्षम व्यक्तिको नियुक्ती गरी संस्थाको स्वतन्त्र छानविन गर्न, छानविनमा सहकारी विभागका अधिकारीलाई समेत संलग्न गर्न भनिएको छ ।

अक्कुले मिलिजुली साकोसले पाएको एक्सेस ब्राण्ड निलम्वन गरी अनुसन्धान रिपोर्ट नआएसम्मका लागि रद्द गरेको छ भने समस्या समाधान नहुन्जेलसम्म एक्सेस ब्राण्डको सन् २०२० र २०२१ को रिजल्ट प्रकाशित नगर्न समेत निर्देशन गरेको छ ।

संघिय सहकारी विभागले समेत आईतबार नेफ्स्कून र मिलिजुली साकोसलाई स्पष्टिकरण सोधेको थियो ।

विभागको भन्दा चर्को निर्देशन अक्कुले दिएको छ ।

नेफस्कुनसँग सम्बन्धीत समाचारहरु यहाँ पढ्नुहोस्

एक्सेस ब्राण्डमा आर्थिक चलखेल भएको सार्वजनिक भएसँगै नेफ्स्कूनलाई अक्कुको पत्र: मिलीजुलीको सिइओलाई निलम्बन गरी छानविन गर्नु

 

एक्सेस ब्राण्डका लागि आर्थीक लेनदको आरोपमा विभागले सोध्यो नेफ्स्कूनसँग स्पष्टिकरण

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ