काठमाडौं । सहकारी र निजी व्यवसाय सिद्धान्त र कानुनत फरक–फरक क्षेत्र हुन् । यसका मूल्य, मान्यता, दर्शन र उद्देश्यहरु फरक भएकाले यी दुई क्षेत्रलाई एक अर्काको परिपुरक तथा प्रतिस्पर्धीका रुपमा लिइन्छ ।
दोस्रो जनआन्दोलनको सफलतासँगै जारी भएको अन्तरिम संविधान–२०६३ मिश्रीत अर्थनीति अगालेसँगै सहकारीले प्राथमिकता दिएको भन्दै नीजि क्षेत्रले विरोध गर्दै आएको छ । निजी क्षेत्रले औपचारिक रुपमै सरकारको आर्थिक नीतिको विरोध समेत गरिरहेको छ ।
निजी र सहकारी क्षेत्रबिच अन्तरद्धन्द्ध कायमै रहेका बेला सहकारीको छाता संगठन राष्ट्रिय सहकारी महासंघ (एनसीएफ)का संचालक नै निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को आशन्न चुनावको प्रतिस्पर्धामा उत्रिएका छन् । सहकारी महासंघमा संचालक रहेका डिवी बस्नेतले जिल्ला उद्योग बाणिज्य संघ रामेछापको प्रतिनिधित्व गर्दै कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
उनी बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको प्यानलमा रहि चुनावी गतिविधिमा सक्रिय रहदै आएका छन् ।
लामो समयदेखि बस्नेतले सहकारी र निजी क्षेत्र दुवै अभियानमा आफ्नो सक्रियता देखाउदै आएका छन् ।
यसअघि एफएनसीसीआई उम्मेदार रहेर पराजित भएपछि उनी नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन) को अध्यक्ष बनेका थिए । नेफ्स्कूनको अध्यक्ष कायम रहदै एफएनसीसीआईको कार्यकारिणी समिति सदस्यमा मनोनित भएका थिए ।
नेफ्स्कूनमा दोस्रो कार्यकाल अध्यक्ष नपाएपछि बस्नेत सहकारी महासंघको संचालक बनेका छन् ।
महासंघको संचालकमै कार्यरत रहँदा उनी महासंघको चुनावी मैदानमा उत्रिएका छन् ।
सहकारी र निजी व्यवसायको छाता संगठनबिच स्वार्थ बाझिने भएपनि बस्नेतले भने व्यक्तिगत स्वार्थ परिपुर्तिका लागि दुवै क्षेत्रलाई प्रयोग गर्दै आएका छन् ।
यस विषयमा सहकारी र निजी क्षेत्रका अन्य नेताहरुले विरोध गरेपनि बस्नेतले राजनीतिक शक्तीका आडमा पद लिदै आएका छन् ।
प्रतिक्रिया