वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकमा कोभिड प्रभाव : डेढ दर्जन बैंकको नाफा घट्यो

अर्थटुडे
२०७७ मंसिर ७, आईतवार

काठमाडौंं । कोभिड महामारीका कारण बैंकहरुको नाफामा पनि प्रभाव परेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासिक (साउन–असोज) मै १८ वाणिज्य बैंकको नाफा घटेको छ ।

बैंकहरुले प्रकाशित गरेको प्रथम त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण अनुसार नौ वटा बैंकले मात्र नाफा बढाएका छन् ।
असोजसम्ममा एनएमवी, प्राइम कमर्सियल, सिटिजन्स, नेपाल बंगलादेश, ग्लोवल आइएमई, मेगा, प्रभु, कुमारी र एनआइसी एसियाको नाफा मात्र बृद्धि भएको छ ।

गत वर्षहरुमा उच्च नाफा कमाउने ठूला तथा पुराना बैंकहरु राष्ट्रिय वाणिज्य बैंक, नविल, नेपाल इन्भेष्टमेन्ट, नेपाल बैंक, एभरेष्ट, हिमालयन जस्ता बैंकहरुको नाफा पनि घटेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ