वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चन्द्रागिरी हिल्सको साढे १८ लाख कित्ता साधारण सेयर आउदै, स्थानियले मंसिर १७ गतेदेखि आवेदन दिन पाउने

अर्थटुडे
२०७७ मंसिर १०, बुधबार

काठमाडौं । चन्द्रागिरीमा केवलकार र होटल संचालन गरिरहेका कम्पनी चन्द्रागिरी हिल्सले स्थानियवासीका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाहरुका लागि छुट्याएको तीन लाख ६ हजार ८१९ कित्ता सेयर निष्कासनका लागि मंसिर १७ गतेदेखि आवेदन खुल्ला हुनेछ ।

साधारण सेयरका लागि चन्द्रागिरी नगरपालिका वडा नं ३, ४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गा.वि.स.को वडा नं. ३, ४, ५, ६, ७, ८, एवं मकवनपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० (साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) का स्थानियले मात्रै आवेदन दिन पाउनेछन् ।

आवेदनकर्ताले न्युनतम १० कित्ता देखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आवेदनका लागि छिटोमा पुस १ गते र ढिलोमा पुस १६ गतेसम्मको समय छुट्याइएको निश्कासन तथा विक्रि प्रबन्धक रहेको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीले कुल १८ लाख ४० हजार ९१० कित्ता सेयर अर्थात १८ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । पहिलो चरणमा स्थानियवासीलाई छुट्याएको सेयर बिक्री गरेपछि दोश्रो चरणमा सर्वसाधरणका लागि निष्काशन गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ