काठमाडौं । नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १८.४३ अंकले बृद्धि भई रेकर्ड कायम गरेसँगै कारोबार रकम पनि हालसम्मकै उच्च भएको छ ।
विहिबार नेप्से सूचक १८९३.२४ अंकमा पुगेको छ । चार वर्षअघि २०७३ साल साउन १२ गते नेप्सेले १८८१.४५ अंकमा पुगी रेकर्ड कायम गरेको थियो ।
चार वर्षपछि बजार पुनः नयाँ उचाईमा पुगेको हो ।
विहिबार कारोबार सुरु भएदेखि नै बढ्न सुरु गरेको नेप्सले १९ सय अंक नाघेको थियो । १२ बजेपछि भने पुनः घटेको हो ।
विकास बैंक, माइक्रोफाइनान्स होटल, व्यापार, जीवन बीमा, निर्जीवन बीमालगायतका समूहगत परिसूचक ओरालो लागेपछि नेप्से घटेको हो ।
यसैगरी कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको छ । मंसिर ७ गते ६ अर्ब ९० करोड रुपैयाँ कारोबारको रेकर्ड तोड्दै नेप्सेमा बिहीबार सात अर्ब ६१ करोड ३० रुपैयाँको बराबरको कारोबार भएको छ । यसदिन २०१ कम्पनीका एक करोड ७१ लाख कित्ता सेयर कारोबार भएको छ ।
प्रतिक्रिया