वि.सं. २०८१ भाद्र २८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ऋण असुली र सम्पति विवादले हाम्रो सगरमाथा सहकारी टुक्रियो

अर्थटुडे
२०७७ मंसिर १२, शुक्रबार

काठमाडौं । डेढ दर्जन सहकारी संस्थाहरुबीच एक आपसमा एकिकरण (मर्जर) गरी प्रशंसा बटुलेको हाम्रो सगरमाथा सहकारी अन्ततः टुक्रने भएको छ । पुरानो ऋण र भौतिक सम्पतिका विषयमा संचालकहरुबीच विवाद बढ्दै गएपछि एकिकृत संस्थाबाट सगरमाथा बचत तथा ऋण सहकारी अलग हुने भएको हो ।

संस्थाको शुक्रबार सम्पन्न साधारणसभाबाट संस्था विभाजनसम्बन्धी प्रस्ताव पारित भएको छ । यस प्रस्तावलाई सहकारी विभागले स्विकृती दिएपछि विभाजनको प्रक्रिया अघि बढ्नेछ ।

सभामा संस्थाका अध्यक्ष केबी उप्रेतीले मर्जरपछि पनि संस्थाको सम्पतिको स्वामित्व मुल संस्थामा नआएको र पुराना ऋण उठाउनका लागि चासो नदिएपछि छुटिनका लागि बाटो खुल्ला गरेको बताए ।

१६ सहकारी संस्थाको मर्जरपछि बनेको एकीकृत संस्थाको नाम राखिएको र सगरमाथाको कार्यक्षेत्र देशभर भएका कारण पनि मर्जरपछि पनि संस्थाको कार्यक्षेत्र देशभर कायम भएको थियो ।

सगरमाथा सहकारीकै नाममा कुपण्डोलमा घरजग्गा रहेको छ । उक्त घरमा हाम्रो सगरमाथाका साथै सहकारी बैंकको समेत केन्द्रीय कार्यालय रहेको छ ।

मर्जर भएको सात वर्षसम्मपनि उक्त घरजग्गा एकिकृत संस्थाको नाममा दिन तत्कालिन अध्यक्ष देवराज पराजुलीले अस्विकार गर्दै आएका थिए । यस विषयमा विवाद बढ्दै गएपछि उनले संस्था छुट्याउन सहमत भएका हुन् ।

मर्जर हुँदा नाम राख्न र देशभर कार्यक्षेत्र विस्तार गर्न आधार बनाइएको संस्था नै अलगिने भएपछि हाम्रो सगरमाथा सहकारी अप्ठ्यारो अवस्थामा पर्ने देखिएको छ ।

संस्थाका अध्यक्ष उप्रेती भने एउटा संस्था छुटिए पनि अन्य धेरै संस्था जोडिने लाइनमा रहेको बताउछन् – एउटा संस्था घटेर केहि हुदैन, अरु एक दर्जन संस्था जोडिने क्रममा छन् ।

सात वर्षअघि सगरमाथा सहकारीमा जनता बहुउद्देश्यीय, स्वयम्भू डल्लु बचत तथा ऋण, शुभलक्ष्मी बचत तथा ऋण, हिमशिखर बचत तथा ऋण, हौसला बहुउद्देश्यीय, हाम्रो गाउँ बचत तथा ऋण, भ्याली बहुउद्देश्यीय र मेगा बचत तथा ऋण सहकारीको एकिकरण गरी हाम्रो सगरमाथा नाममा कारोबार सुरु गरिएको थियो । त्यसपछि संस्थामा गोरखाको जनउत्थान कृषी सहकारी, तनहुँको ॐ शान्ती बचत तथा ऋण, काठमाडौंका मौलिक बचत तथा ऋण र कृयाशिल महिला बचत तथा ऋण सहकारी पनि मर्जर भएका थिए ।

सहकारी ऐन २०७४ जारी भएपछि संस्था विभाजनको प्रस्ताव पेश गर्न लागेको सम्भवत पहिलो संस्था हो । सहकारी ऐनमा संस्था मर्जरसँगै विभाजनको व्यवस्था समेत गरिएको छ ।

सहकारी संस्था एकिकरणदेखि नै अध्यक्षमा केबी उप्रेती रहेका छन् ।

संस्थाको संचालक समितिमा सम्पती र पुरानो ऋणको विषयमा विवाद हुँदै आएको छ ।

यसैगरी संचालक समिति गठन, व्यवस्थापन कसले लिने भन्ने विषयमा समेत विवाद छ ।

संस्था एकिकरणको लामो समय भएपनि नाफा गर्न सकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ