वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल, चुनावी परिणाम मिश्रीत

अर्थटुडे
२०७७ मंसिर १४, आईतवार

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् । प्रतिद्धन्द्धी किशोर प्रधानलाई १६५ मतले हराउदै ढकाल वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।

ढकालले कुल ६३३ मत प्राप्त गर्दा र प्रधानले ४६७ मत ल्याए ।

ढकाल शेखर गोल्छापछि महासंघको अध्यक्ष बन्ने पक्का भएको छ ।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने प्रावधान छ ।

यहि व्यवस्था अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष गोल्छा अध्यक्ष भएका छन् ।

शनिबार राति नै सार्वजनिक भएको मतपरिणाम अनुसार महासंघका तीन उपाध्यक्षमध्ये वस्तुगतमा अन्जन श्रेष्ठ, जिल्ला नगरतर्फमा दिनेश श्रेष्ठले र एसोसिएटतर्फका रामचन्द्र संघाई विजयी भए ।

प्रधान र ढकालले प्यानल बनाएर निर्वाचनमा होमिए पनि मत परिणाम मिश्रीत आएको छ ।

दुई उपाध्यक्ष प्रधान समूह र एक उपाध्यक्ष ढकालले जितेको छ ।

कार्यकारीणी सदस्यमा पनि चुनावी परिणाम मिश्रीत आएको छ ।

एसोसिएटतर्फका कार्यकारिणी सदस्यहरु :

अविनाश बोहोरा, आनन्दकुमार अग्रवाल,कृष्णलाल महर्जन, गोपाल खनाल, ज्योत्सना श्रेष्ठ, देशबन्धु बस्नेत,प्रवलजंग पाण्डे, भरतराज आचार्य, रञ्जितराज आचार्य, राजशेकुमार अग्रवाल, विजयसिंह वैद्य, शक्तिकुमार बेगानी, शाहिल अग्रवाल, शैलेन्द्र गुरागाई सुशील थापा, सञ्जय गिरी, हेमन्त गोल्छा ।

जिल्ला नगरतर्फको कार्यकारी सदस्यहरु :

राजन श्रेष्ठ, तारानाथ घिमिरे, शोभाकान्त पौडेल, कमलकुमार श्रेष्ठ, गजेन्द्र कुमार भगत, चक्रबहादुर अधिकारी, अरुण समार्गी, देवकुमार श्रेष्ठ, रामेश्वर मानन्धर, कमनबहादुर घड्क, शुरकृष्ण बैंद्य, नविरकुमार श्रेष्ठ, डिवी बस्नेत, गोपाल केडिया, महेन्द्रकुमार श्रेष्ठ, उमेश डालमिया, किशोरकुमार आचार्य, अमृत भट्टचन ।

बस्तुगतसमुहबाट कार्यकारीणी समिति :

नरेश लाल श्रेष्ठ,सुमित कुमार केडिया, आकाश अधिकारी, प्रकाश सिंह कार्की, भक्त बहादुर हमाल, सुबोध कुमार गुप्ता, हेमराज ढकाल,अरनिको राजभण्डारी, गोबिन्द ढुंगेल, मनिष लाल प्रधान,मीनमान श्रेष्ठ, विष्णु प्रसाद गैरे, सन्दिप कुमार अग्रवाल र सुकुन्तलाल हिराचन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ