वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महासंघका वरिष्ठ उपाध्यक्ष ढकालको प्रतिक्रिया : पक्ष–विपक्ष सकियो, अब सबै एकै ठाउमा

अर्थटुडे
२०७७ मंसिर १४, आईतवार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले महासंघमा पक्ष–विपक्ष सकिएको र सबै व्यवसायी एकै ठाउमा भएको प्रतिक्रिया दिएका छन् । निर्वाचनमा छुट्टै प्यानल बनाएर किशोर प्रधानसँग प्रतिस्पर्धा गरेका ढकालले अब एक ढिक्का भएर निजी क्षेत्रको आवाज उठाउने बताए ।

‘निर्वाचनपछि पक्ष–विपक्ष हुँदैन भनेर मैले पहिल्यै भनेको हो’ ढकालले भने, ‘मेरो अध्यक्ष शेखर गोल्छा नै हो । हामी एक ठाउँमा बसेर निजी क्षेत्रको आवाज उठाउनेछौं ।’

ढकालले सबै क्षेत्रको प्रतिनिधित्व गर्दै आफू निर्वाचनमा होमिएको बताउँदै सबैको मुद्दालाई साकार बनाउन लाग्ने समेत प्रतिवद्धता जनाए ।

महासंघको ५४औं वार्षिक साधारणसभामा ढकाल र प्रधान प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाले प्रधान समूहलाई समर्थन गरेका थिए ।

दुई उपाध्यक्ष प्रधान समूह र एक उपाध्यक्ष ढकालले जितेको छ ।

कार्यकारीणी सदस्यमा पनि चुनावी परिणाम मिश्रीत आएको छ ।

महासंघको विधान अनुसार गोल्छा आइतबारदेखि स्वतः अध्यक्ष भइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ