वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वित्त र मौद्रिक नीतिका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने अर्थमन्त्रीको प्रतिवद्धता

अर्थटुडे
२०७७ मंसिर १७, बुधबार

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड १९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्नेमा प्रतिवद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले गुनासाहरु आएकाले आफूले अवरोधहरु पन्छाएर बजेट र मौद्रित नीतिमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयनमा तत्परता लिएको बताए ।

निजी क्षेत्रबारे सरकारको दृष्टकोणमा कुनै दुविधा नराख्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको बताए । ‘रोगजारी, उत्पादन र आर्थिक वृद्धिमा निजी क्षेत्रको महत्ववपूर्ण भूमिका छ भन्ने सरकारले महसुस गरेको छ । त्यसका लागि सहकार्य हुन्छ । निजी क्षेत्रलाई हत्तोसाहित तुल्लाएर र मनोबल गिराएर सार्थक उपलब्धी हासिल हुन सक्दैन’ उनले भने ।

कुनै पनि कुरा निजी क्षेत्रलाई इम्पोज नगर्ने भन्दै अर्थमन्त्री पौडेलले सल्लाह र सुझाव लिँदै निजी क्षेत्रको सहभागितामा नीति निर्माण गर्ने जानकारी दिए : ‘निरन्तर संवाद र छलफलमा रहिरहन्छौं । सुझाव सुन्छौं । मिलेर काम गर्छौ ।’

अर्थमन्त्री पौडेलले निजी क्षेत्रले दिने सुझावबारे विषयगत रुपमा समेत छलफल गर्ने भन्दै व्यवहारिक र कार्यान्वयन जान सकिने सुझावहरु दिन निजी क्षेत्रलाई आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले बजेट तथा मौद्रिक नीतिमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयनमा जोड दिएका थिए ।

महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघ भिजन पेपेर बनाउने क्रममा रहेको जानकारी दिँदै त्यसलाई अन्तिम रुप दिई सरकारसँगको सहकार्यमा अघि बढाउने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ