काठमाडौ । नेपाल राष्ट्र बैंकले तीन प्रकृतिको कर्जामा कडाई गर्ने भएको छ । सेयर धितो कर्जा, व्यक्तिगत कर्जा र रियल स्टेट कर्जामा कडाई गर्न लागेको हो । राष्ट्र बैंकले विहिबार मौद्रिक नीतिको समिक्षा गर्दै यी तीन प्रकृतिका कर्जामा पुनरावलोकन गर्ने जनाएको हो ।
पछिल्लो समयमा बैंक तथा वित्तिय संस्थामा पर्याप्त तरलता हुदा बैंकहरु आत्तिएर यी तीन प्रकृतिका कर्जामा लगानी गरेको आशंकामा नेपाल राष्ट्र बैंक कडाई गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थाहरुले कल निक्षेप बाहेकका ब्याज प्रदान गरिने निक्षेप खाताहरुमा दिइने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत विन्दु भन्दा बढीले फरक गर्न नपाइने व्यवस्था पनि गरेको छ ।
त्यस्तै स्थिर ब्याजदर मा प्रवाहित कर्जा समय अगावै भुक्तानी गर्न चाहेमा अग्रिम भुक्तानी शुल्क लिन सकिने र सो को समयावधि तोकिन सकिने व्यवस्था पनि गरेको छ । कोभिड–१९ को असर परेका ऋणीको ६ महिना भन्दा बढीको ब्याज बक्यौता नरहेको अवस्थामा धितो लिलामी जस्ता प्रक्रिया केही समयसम्मका लागि स्थगन गर्नु पर्ने व्यवस्था पनि राष्ट्र बैकले गरेको छ ।
त्यसैगरी विदेशी मुद्रामा ऋण लिएका ऋणीहरुको हकमा कोरोनाका कारण समस्या भएको अवस्थामा उनीहरुलाई नेपाली रुपैयाँमा नै कर्जाको व्याज तथा किस्ता भुक्तानी गर्न मिल्ने व्यवस्था गर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले अनलाइनमार्फत् निश्चित रकमसम्म विदेशी वस्तु तथा सेवा आयात गरी सोको भुक्तानी गर्न विदेशी मुद्रामा सटही सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउने भएको छ ।
प्रतिक्रिया