वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी बैंकले दिने भयो १५ प्रतिशत लाभांस, सदस्यहरुलाई छिट्टै डिजिटल सेवा दिने

अर्थटुडे
२०७७ मंसिर २२, सोमबार

काठमाडौ । राष्ट्रिय सहकारी बैंकले आफ्ना सेयर सदस्य सहकारीहरुलाई १५ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ ।
बैंकको सन्चालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट आफ्ना सदस्यहरुलाई १५ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको हो । बैंकले गत बर्ष ६७ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा ३६ प्रतिशत बढी हो ।

बैकले कोरोनाका कारण उत्पन्न परिस्थितिका बाबजुत पनि राखेको सम्पुर्ण लक्ष्यहरु प्राप्त गर्न सकेको दावी गरेको छ ।
कोभीड–१९ को महामारीले सदस्य संस्थाहरुमा परेको प्रभाव न्यूनीकरणका लागि बैंकले सहकारी संस्थाहरुले ऋणको किस्ता बुझाउदा व्याजमा १० प्रतिशत अर्थात् ४ करोड २२ लाख २८ हजार २८२ रपैयाँ र बैशाखदेखि असार महिनासम्मको कर्जामा २ प्रतिशत सहुलियत प्रदान गरेको बैंकका प्रमूख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।

बैंकको शाखा सन्जाल ७७ जिल्लामा नै पुगेका छन् भने १२ हजार ३८१ सहकारीहरु बैंकमा आबद्ध रहेका छन् । गत आर्थिक बर्षमा यस बैंकले ४६ अर्ब ८८ करोड निक्षेप, २७ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रबाह गरेको थियो । चुक्तापुँजी (सेयर रकम ) २ अर्ब २२ करोड रहेको बैंकले जनाएको छ ।

बैंकले चालु आर्थिक बर्षमा संस्थाहरुको आर्थिक विकासका लागि प्रदेशस्तरमा नमूना परियोजना संचालन, सहकारी संस्थागत विकास कार्यक्रम संचालन, सहकारी शिक्षाको बिस्तारका लागि रिसर्च फेलोसीप प्रदान लगायतका कार्यक्रमहरुमा जोड दिएको छ ।

राष्ट्रिय सहकारी बैंक सहकारी क्षेत्रमा रहेको पूँजी, सीप र साधनलाई एकिकृत रुपमा परिचालन गरी उत्पादनशील क्षेत्रमा लगानी गर्ने उद्देश्य राखी स्थापना भएको हो । बैंकले आफ्ना सदस्यहरुलाई डिजिटल सेवा दिनका लागि राष्ट्र बैंकसँग अनुमतिका लागि प्रोसेसमा रहेको बैंकका अध्यक्ष केवी उप्रेतिले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ