वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भत्किएका समाजहरूले मानिस र पृथ्वीलाई दुर्घटनाको दिशातिर लान्छ: युएनडीपीको

अर्थटुडे
२०७७ पुष १, बुधबार

एउटा प्रायोगिक विश्वव्यापी सूचकाङ्कले मानव समृद्धिको नयाँ मापदण्ड प्रदान गर्दछ जसले पृथ्वीय चापलाई सहज बनाइरहँदा गरिवी र असमानतालाई नियन्त्रण गर्ने चुनौति बारेमा व्याख्या गर्दछ ।

न्यू योर्क । विश्वले सामना गरिरहको पछिल्लो सङ्कट भनेको कोभिड–१९ महामारी हो, तर जबसम्म मानिसहरूले प्रकृतिमाथि कब्जा जमाउन छाड्दैनन्, यो अन्तिम हुनेछैन, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडीपी) को नयाँ प्रतिवेदनका अनुसार जसले मानव समृद्धिमा एक नयाँ प्रायोगिक सूचकाङ्क समेट्छ र त्यसका साथै मुलुकहरूले गर्ने कार्वनडाइअक्साईडको उत्सर्जन तथा भौतिक पदचापलाई समेत ध्यान दिन्छ ।

प्रतिवेदनले विश्वका नेताहरूलाई छनोटको स्पष्ट मार्ग प्रसस्त गर्दछ – वातावरण र प्राकृतिक विश्वमा लादिएको अत्यधिक चापलाई न्यूनीकरण गर्न कडा कदम चाल्नेछ, वा मानवीयता समृद्धिमा अडिनेछ ।

“मानवले पृथ्वीमाथि यसअघि कहिल्यै नलगाएको अधिक शक्ति लगाएको छ । कोभिड–१९ को सुरुवातमा विगतको अभिलेखलाई नै माथ गर्नेगरी बढेको तापक्रम र बढिरहेको असमानताले गर्दा यस्तो लाग्छ कि हामीले जुन समृद्धिको कुरा गर्छौँ, त्यसलाई पुनर्परिभाषित गर्न त्यही (मानवीय) शक्ति प्रयोग गर्नुपर्ने समय आयो, जहाँ हाम्रो कार्वन र उपभोगका पदचापहरू अव लुक्नेवाला रहेनन्,” युएनडीपीका प्रशासक अकिम स्टिनरले भने ।

“यस प्रतिवेदनले दर्शाएअनुसार ग्रहमाथि अत्यधिक तनाव सृजना (दोहन) नगरीकन विश्वमा आजसम्म कुनै पनि मुलुकले अति उच्च मानव विकास हासिल गरेका छैनन् । तर हामी पहिलो पुस्ता हुन सक्छौं कि यस्तो दुष्कार्यलाई सही कार्यतर्फ लाने । मानव विकासको लागि त्यो अर्को अग्रदस्ता हो ।” उनले भने ।

प्रतिवेदनले के बहस गर्दछ भने मानिस र पृथ्वी पूर्ण रुपमा नयाँ भू–पर्यावरणीय कालखण्ड वा मानवकाल वा मानव पुस्तामा प्रवेश गरेसँगै हरेक मुलुकहरूले पृथ्वीमा मानवले पु¥याउदै आएको खतरापूर्ण चापलाई पूर्ण रुपमा ध्यान दिँदै एवं परिवर्तनलाई रोक्ने अवसर र शक्तिको गम्भीर असन्तुलन अन्त्य गर्नेगरी समृद्धिको लागि आफ्नो गोरेटो पुनः कोर्ने अर्थात पहिल्याउने सही समय यही नै हो ।

बुँदाहरूको व्याख्या गर्न, मानव विकास प्रतिवेदनको ३०औं वार्षिकीको सृङ्खला, एक अर्को अग्रदस्ताः मानव विकास तथा मानवकाल, काफी छ, जसले वार्षिक मानव विकास सूचकाङ्क (माविसू) लाई नयाँ प्रायोगिक चक्षुबाट हेर्दछ ।

माविसूलाई सामाञ्जस्य गरी अरु दुईटा तत्वहरूः एउटा मुलुकको कार्वनडाइअक्साईड उत्सर्जन र अर्को, यसको पदार्थीय पदचापलाई समावेश गर्न राष्ट्रको स्वास्थ्य, शिक्षा, र जीवन स्तर मापन गर्दछ, सूचकाङ्कले यदि मानिस तथा पृथ्वी दुवैको भलाइलाई मानव समृद्धिमा परिभाषित गर्न केन्द्रीय हुन्छन् भने कसरी विश्वव्यापी विकास परिदृष्य परिवर्तन हुन्छ, भन्ने कुरा दर्शाउँछ ।

पृथ्वीय–चाप समायोजित माविसू परिणाम– वा चामाविसू (पिएचडिआई) सँग – एउटा नयाँ विश्वव्यापी तस्वीर, जुन कम आकर्षक तर मानव समृद्धिको स्पष्ट समीक्षासहितको चित्र कोर्दै प्रकट हुन्छ । उदाहरणको लागि, ५० भन्दा बढि देशहरूले धाउजन्य ऊर्जा र पदार्थीय पदचापमा परनिर्भरता भएको दर्शाउँदै अति उच्च मानव विकास समूहबाट बाहिर निस्किए ।

ती समायोजनका बाबजुद, कोष्टारिका, मल्डोभा, र पनामा जस्ता देशहरूले पृथ्वीमा कमभन्दा कम चाप सृजना गर्न सम्भव रहेको पहिचान गर्दै कम्तिमा पनि ३० स्थान माथि उक्लिए ।

“मानव विकास प्रतिवेदन संयुक्त राष्ट्रसंघद्वारा गरिएको महत्वपूर्ण उत्पादन हो । जहाँ कार्यहरू आवश्यक हुन्छ, त्यस्तो समयमा, मानव विकास प्रतिवेदनको नयाँ पुस्तालाई हाम्रो समयको परिभाषित सवालहरूः जस्तो जलवायु परिवर्तन र असमानतामा अधिकतम जोड गर्दै हामीले चाहेजस्तो भविष्य निर्माणतर्फ हाम्रा प्रयासहरूलाई निर्दिष्ट गर्न सघाउ पु¥याउँछ,” प्रतिवेदन विमोचन कार्यक्रम आयोजक देश स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफ्बेनले भने ।

प्रतिवेदनले तर्क गर्छ, जब सामाजिक मूल्य, मान्यता एवं सरकार तथा वित्तीय सहुलियतमा ठूलो परिवर्तन गर्नुछ भने मानव विकासका लागि अर्को अग्रदस्तालाई प्रकृतिको विरुद्धमा होइन, बरु प्रकृतिसँगै कार्य गर्न आवश्यक हुनेछ,।

उदाहरणको लागि, नयाँ आँकलनहरूले प्रक्षेपित गर्छ कि सन् २१०० सम्ममा विश्वका सबैभन्दा गरिव मुलुकहरूले प्रत्येक वर्ष १०० भन्दा बढि दिनहरू जलवायु परिवर्तनका कारण अति खराव मौसमसहित विताउनुप¥यो – जुन संख्यालाई यदि जलवायु परिवर्तनसम्बम्धी पेरिस सम्झौता पूर्ण कार्यान्वयन गरियो भने आधामा घटाउन सकिन्छ ।

प्रतिवेदनमा उद्धृत गरिएको अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार धाउजन्य ऊर्जाहरू अझै सहुलियतपूर्ण भयो भने पनि धाउजन्य ऊर्जाका लागि सार्वजनिक वित्तकृत सहुलितयको समाजमा लगानी हुने पूर्ण लागत अप्रत्यक्ष लागतसहित ५ खर्व अमेरिकी डलर प्रतिवर्ष अर्थात विश्वभरको जिडिपी (कूग्राउ) को ६.५ प्रतिशत हुने आँकलन गरेको छ ।

वृक्षारोपण र वनजंगलको राम्रो हेरचाहले मात्रैपनि २०३०–अघिको करिब एक चौथाई कार्यहरूमा योगदान पुग्छ, अतः हामीले पृथ्वीय तापक्रम पूर्वऔद्योगिक तहमा दुई डिग्री सेल्सीयसमाथि पुग्नबाट रोक्न पहल गर्नुपर्दछ ।

“जब मानवीयताले अभूतपूर्व उपलब्धि हासिल गरेको छ भने यो स्पष्ट छ कि हामीले हाम्रो पृथ्वीलाई स्वतः दिइएको रुपमा लिएका छौं,” युएन महासचिवका युवा दुत जयथ्मा विक्रमानायकेले भने, “विश्वभरी नै युवाहरूले बोलीरहेका छन् कि यस्ता कार्यहरूले हाम्रो एकीकृत भविष्यलाई जोखिममा लान्छ भनेर । सन् २०२० को मानव विकास प्रतिवेदनले पनि स्पष्ट पार्छ कि ऊर्जा र भौतिक सामग्रीको उपभोगलाई दिगो बनाउन र स्वस्थ विश्वले गर्नसक्ने चमत्कारको प्रसंशाका लागि हरेक युवा व्यक्तित्वहरू शिक्षित र सशक्तिकृत भएको सुनिश्चित गर्नेगरी हामीले पृथ्वीसँगको हाम्रो सम्बन्धलाई रुपान्तरण गर्नुपर्दछ ।”

“मानिसहरूले पृथ्वीय चापलाई कसरी अनुभव गर्छन् भन्ने कुरा समाजहरूले कसरी कार्य गर्छन् भन्ने कुरासँग जोडिएको छ” युएनडीपीका मानव विकास प्रतिवेदन कार्यालयका निर्देशक तथा प्रतिवेदनका प्रमुख लेखक पेड्रो कन्सिकाओ भन्नुहुन्छ, “र आज भत्किएको समाजहरूले मानिस र पृथ्वीलाई महासङ्कटको दिशामा धकेलिरहेका छन् ।”

मुलुकहरूभित्र तथा मुलुकहरूबीचको असमानता, उपनिवेशवाद र जातिवादको गहिरो जडका साथै प्रतिवेदनले यो दर्शाउँछ कि त्यसको मतलव मानिसहरू जसले प्रकृतिको अधिक लाभमाथि कब्जा जमाएका छन्, तिनले लगानी निकासी गर्छन् । यसले मानिसहरू, जोसँग न्यूनतम अवसरहरू छ, त्यसबाट पनि बञ्चित गरिदिन्छ र यसका बारेमा गरिने कुनैपनि कार्यदक्षता न्यूनीकरण गरिदिन्छ ।

उदाहरणको लागि, अमेजनमा आदिवासी मानिसहरूले ओगटेको भूमीले सोस्नेजति प्रति व्यक्तिको आधारमा विश्वका सबैभन्दा धनि १ प्रतिशत मानिसले उत्सर्जन गर्ने बराबर कार्वनडाइअक्सासईड उत्सर्जन गर्दछन् । यद्यपि, प्रतिवेदनका अनुसार आदिवासी मानिसहरूले निरन्तर रुपमा कठिनाइ, दमन र विभेदको सामना गरिरहेका छन्, तर अहिले निर्णय निर्माणमा उनीहरूको थोरै आवाजहरू सुन्न थालिएको छ । जनजातीयताका आधारमा हुने विभेदले बारम्बार समुदायहरूलाई गम्भीर असर छाड्छ र उच्च वातावरणीय जोखिम जस्तो विषाक्त फोहर वा अत्यधिक प्रदुषण, एउटा प्रवृत्ति जुन महाद्विपभर शहरी क्षेत्रमा पुनर्उत्पादन सहित प्रकट हुने लेखकहरूको तर्क छ ।

प्रतिवेदनका अनुसार, पृथ्वीय चापलाई सम्पूर्ण मानिसहरू फक्रन दक्ष हुनेगरी सहज बनाउँदै यस नयाँ युगमा आमूल रुपान्तरणको पथमा अघि बढ्नेगरी शक्ति र अवसरको गम्भीर असमानतालाई भत्काउँन आवश्यक छ ।

प्रतिवेदनले भन्छ, सार्वजनिक कार्यहरूबाट यी असमानताहरूको सम्बोधन गर्न सकिन्छ, जस्तो प्रगतिशील राजश्व नीतिलाई बढावा दिँदै निरोधक लगानी र बिमामार्फत (महा)सागरको किनाराको समुदायलाई संरक्षण गर्न एउटा सशक्त पहल हुनेछ, जसले विश्वको तल्लो तटीय किनाराको क्षेत्रमा बसोबास गर्ने ८४ करोड मानिसहरूलाई सुरक्षित गर्न सक्नेछ । तर त्यहाँ मानिसहरूलाई पृथ्वीविरुद्धका क्रियाकलापहरू झनै बढी केन्द्रित नगर्ने कुराको सुनिश्चित गर्दै गहनतम प्रयास हुनुपर्दछ ।

“मानव विकासको लागि अर्को अग्रदस्ता भनेको मानिस र रुखविरुवा बीचको छनोट होइन; आज, यो त बरु असमानताले निर्दिष्ट गरेको त्यो मानव समृद्धिको पहिचानबाट कार्वन–केन्द्रित वृद्धि आफ्नो पथमा द्रुतगतिले कुदेको छ,” पेड्रो कन्सिकाओले भने ।

“असमानतालाई नियन्त्रण गर्दै, नवप्रवर्तनमा पुँजी बढाउँदै र प्रकृतिसँग कार्य गर्दै मानव विकासले पृथ्वी र समाजहरूलाई एकसाथ सहयोग गर्न रुपान्तरणकारी कदम चाल्न सक्नेछ,” उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ