काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले निश्कासन गरेको प्राथमिक सेयर (आईपीओ) शुक्रबार बाँडफाँड गरेको छ । कम्पनी सेयरका लागि आवेदन दिने सर्वसाधारणमध्ये गोलाप्रथाबाट ५२ प्रतिशतले मात्र सेयर पाएका छन् ।
कम्पनीको सेयरका लागि कुल १० लाख ५१ हजार ११६ जनाबाट आवेदन परेको थियो । त्यसमध्ये २ हजार १६९ आवेदन रद्ध भएको थियो । १० लाख ४९ हजार ४७ जना योग्य आबेदन बाट २ करोड ७८ लाख २१ हजार १६० कित्ता सेयरका लागि २ अर्ब ७८ करोड रुपैयाँ बराबरको आबेदन परेको थियो । यसमध्ये ५ लाख ४० हजार आवेदकले मात्र न्युनतम १० कित्ता सेयर पाएको निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीले ६० लाख कित्ता आईपीओमध्ये कर्मचारीहरु र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ५४ लाख कित्ता सेयरमा सर्वसाधारणलाई बाँडफाँड गरेको हो ।
प्रतिक्रिया