वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर ब्रोकर कमिसन ६० प्रतिशतसम्म घट्यो

अर्थटुडे
२०७७ पुष १०, शुक्रबार

काठमाडौं । लगानीकर्ताले सेयर खरिदबिक्री गर्दा धितोपत्र दलाल (ब्रोकर) लाई तिर्नुपर्ने कमिसन ६० प्रतिशतसम्म घटेको छ । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले धितोपत्र व्यवसायी नियमावली संसोधन गर्दै सेयर कारोबार गर्दा तिर्नुपर्ने शुल्क घटाएको हो ।

बोर्डले सेयर कारोबार गर्दा धितोपत्र दलालले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्को कारोबारमा ०.३७ प्रतिशत, २० लाख सम्मको कारोबारमा ०.३४प्रतिशत, २० लाखदेखि एक करोड रुपैयाँ सम्मको कारोबारमा ०.३० प्रतिशत र एक करोडभन्दा बढीको कारोबारमा ०.२७ प्रतिशत मात्र कमिसन लिन पाउने व्यवस्था गरेको छ ।

त्यसैगरी ऋणपत्रको कारोबारमा भने ५ लाखसम्मको कारोबारमा ०.१०, ५ लाखदेखि ५० लाख सम्मको कारोबारमा ०.०५ र ५० लाखदेखि माथिको कारोबारमा ०.०२ प्रतिशत मात्र कमिसन लिन पाउने व्यवस्था गरेको छ ।

सामुहिक लगानी कोषको इकाइ तथा अन्य धितोपत्रको हकमा भने ५ लाख सम्मको कारोबारको ०.१५, ५ लाखदेखि ५० लाखसम्मको कारोबारमा ०.१२ र ५० लाखदेखि जतिसुकै रकमको कारोबार भएपनि ०.१० प्रतिशत मात्र शुल्क लिन पाउने व्यवस्था बोर्डले गरेको छ ।

ब्रोकरले ग्राहकबाट उठाएको कुल सेवाशुल्कमध्ये ०.६ प्रतिशत नियमन शुल्कका रुपमा धितोपत्र बोर्डमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ