वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारीको संख्या घट्यो, सदस्य र कारोबार भने बृद्धि

अर्थटुडे
२०७७ पुष २०, सोमबार

काठमाडौं । संघिय सहकारी विभागले तीन वर्षपछि मुलुकभरी रहेका सहकारी संघ संस्थाको तथ्यांक सार्वजनिक गरेको छ । विभागले सातै प्रदेश तथा स्थानीय तहहरुसँगको सहकार्यमा अध्ययन गरी तथ्यांक प्रकाशित गरेको हो ।

तथ्यांकमा संख्यात्मक रुपमा सहकारी घटेको छ भने कारोबार रकम र सदस्यको संख्या भने बृद्धि भएको छ । तथ्यांक अनुसार हाल मुलुकमा २९ हजार ८८६ प्रारम्भिक सहकारी संस्थाहरू, २० वटा विषयगत केन्द्रीय संघहरू, १ वटा राष्ट्रिय सहकारी बैंक, १ वटा राष्ट्रिय सहकारी महासंघ, ७० वटा जिल्ला सहकारी संघ र २४१ वटा विषयगत जिल्ला सहकारी संघहरू क्रियाशील छन् ।

२९ हजार ८८६ प्रारम्भिक सहकारी संस्था मध्ये संघीय सरकार अन्तर्गत १ सय २५, प्रदेश सरकार अन्तर्गत ६ हजार २ र स्थानीय सरकार अन्तर्गत २३ हजार ७ सय ५९ वटा सहकारी संस्था रहेका छन् ।

सहकारी संघसंस्थामा आवद्ध सदस्यको संख्या भने वृद्धि भएर ७३ लाख ७ हजार ४ सय ६२ पुगेको छ । कूल सदस्य मध्ये महिला सदस्य ५६ प्रतिशत र पुरुष सदस्य ४४ प्रतिशत रहेका छन् ।

सहकारीको कारोबार १० खर्व नाघेको छ । सहकारीमा सेयर पुँजी ९४ अर्ब १० करोड ५० लाख रहेको छ । त्यसैगरी, बचत संकलन ४ खर्ब ७७ अर्ब ९६ करोड, ऋण लगानी ४ खर्ब २६ अर्ब २६ करोड पुगेको छ ।

यसैगरी सहकारी संघ संस्थाले मुलुकभर ८८ हजार ३ सय ९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ