वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चन्द्रागिरि हिल्सको साढे १५ लाख कित्ता आईपीओ आजदेखी

अर्थटुडे
२०७७ पुष २४, शुक्रबार

काठमाडौं । चन्द्रागिरि हिल्सको १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओको लागि शुक्रबारबाट आवेदन खुल्ला भएको छ । उक्त सेयरमध्ये ४ प्रतिशत अर्थात् ६१ हजार ३६४ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेर बाँकी १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।

एक सय रुपैयाँ अंकित यस सेयरका लागि न्यूनतम १० कित्तादेखि १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओका लागि आवेदन दिने समय छिटोमा पुस २८ गते र उक्त समयभित्र पर्याप्त आवेदन नपरे माघ ९ गतेसम्म दिन सकिने निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

यसअघि कम्पनीले आयोजना प्रभावित काठमाडौं र मकवानपुरका बासिन्दाका लागि आईपीओ निष्कासन गरिसकेको छ ।
चन्द्रगिरिमा केवलकार र रिसोर्ट सञ्चालन गरिरहेको कम्पनीको आईपीओ निष्कासनपछि चुक्ता पुँजी एक अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ