वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकका सिइओको तलव : सवैभन्दा बढी एभरेष्टका नेगीको पौने पाँच करोड

अर्थटुडे
२०७७ पुष २४, शुक्रबार

काठमाडौं । सेवा सुविधाका हिसावले आकर्षक मानिने बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुले बार्षिक करोडौं तलव बुझ्ने गरेका छन् । नेपालमा संचालित बाणिज्य बैंकहरुमध्ये गत आर्थिक वर्षमा नेपालमा सवैभन्दा बढी तलव खानेमा एभरेष्ट बैंकका सिइओ गजेन्द्रकुमार नेगी रहेका छन् । बैंकले प्रकाशित गरेको वार्षिक प्रतिवेदनका अनुसार उनले गत आवमा तलव र भत्ता गरी चार करोड ८८ लाख रुपैयाँ बुझेका छन् ।


२७ वटा बाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम तलव बुझ्नेमा कृषि विकास बैंकको सिइओ अनिल कुमार उपाध्याय रहेका छन् । उनको वार्षिक तलव ३६ लाख ९१ हजार ६६६ रुपैयाँ रहेको छ ।

बाणिज्य बैंकहरुमा तलवको बरियताको दोस्रामा नेपाल इन्भेष्टमेन्ट बैंकका सिइओ ज्योतिप्रकाश पाण्डे रहेका छन् । पाण्डेको बार्षिक तलव तथा भत्ता तीन करोड ६३ लाख ४ हजार रुपैयाँ रहेको छ ।

यसैगरी बैंक अफ काठमाडौंका सिइओ शोभनदेव पन्त, प्रभु बैंकका सिइओ अशोक शेरचन, एनआइसी एसिया बैंकका सिइओ रोशन कुमार न्यौपाने, र माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइरालाको तलव २ करोड भन्दा माथि छ ।

बैंकका सिइओहरुको पारिश्रमिकबारे भने विभिन्न निकायमा चर्चा हुने गरेको छ । एक वर्षअघि पनि संसदको अर्थ समितिमा समेत सिइओहरुको धेरै सुविधा लिएको विषय उठेपछि नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले कार्यसम्पादनको तुलनामा बैंकरको तलव उच्च नभएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ