काठमाडौँ । दोस्रो संविधानसभाको निर्वाचनदेखि निरन्तर बुलिस ट्रेन्डमा अघि बढिरहेको नेप्से परिसुचक सोमबार साढे पाँच वर्ष यताकै उच्च विन्दुमा पुगेको छ ।२०६५ कात्तिक ११ गते ८८१ अंकमा पुगेको नेप्से साढे पाँच वर्षपछि सोमबार ८८० दशमलव १७ अंकमा पुगेको छ । सोमबार बजार बन्द हुँदा १० दशमलव ९९ अंकले बढेको हो । सो दिन १ सय ४३ कम्पनीका ९ लाख ५९ हजार कित्ता सेयर ५३ करोड ९१ लाख रुपैयाँमा किनबेच भयो ।
सोमबार नेप्सेका सबै उपसूचकहरु समेत बढेका छन् । नेप्सेमा प्रभूत्व जमाएको वाणिज्य बैंक समूहको उपसूचक ९ दशमलव ६३ अंकले बढेको छ । त्यसैगरी, विकास बैंक समूहको उपसूचक ४ दशमलव ३३ अंकले, होलट समूहको ३१ दशमलव ६८ अंकले, जलविद्युत समूहको २२ दशमलव ८५ अंकले, वित्त कम्पनी समूहको ३ दशमलव ६१ अंकले, बीमा समूहको ५६ दशमलव ७१ अंकले र अन्य समूहको सूचक १४ दशमलव १ अंकले बढेका छन् ।
सुशिल कोइरालको नेतृत्वमा बनेको सरकारको सकारात्मक प्रभाव नेप्सेमा परेको विश्लेकषकहरु बताउँछन् । विश्लेषकहरु भन्छन् अर्थमन्त्री रामशरण महतले विदेशी लगानी ल्याउन थालेपछि लगानीकर्तामा उत्साह थपिएको छ त्यसको परिणाम हो नेप्सेमा बृद्धि
साढे पाँच वर्ष यताकै उच्च विन्दुमा पुग्यो नेप्से
२०७१ जेष्ठ १९, सोमबार
प्रतिक्रिया