वि.सं. २०८१ माघ ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल सुनचाँदी ब्यवसायी महासंघको अध्यक्षमा माणिकरत्न शाक्य

अर्थटुडे
२०७७ पुष २६, आईतवार

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको अध्यक्षमा माणिकरत्न शाक्य सर्वसम्मतरुपमा निर्वाचित भएका छन् । महासंघको साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली, उपाध्यक्षहरुमा क्रमशः मोहन काजी शाक्य, दियेश रत्न शाक्य, र विपिन रामुदामु निर्वाचित भएका छन् ।

यसैगरी एशोसिएटस् उपाध्यक्षमा पवन सोमानी, महासचिवमा धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवद्धयमा किरणभाई बज्राचार्य र वावुराम विश्वकर्मा र प्रवक्तामा मनोज कुमार शाह निर्वाचित भए ।

महासंघका विधानमा ५५ सदस्यिय कार्यसमिति रहने ब्यवस्था भएपनि यस वर्षको साधारणसभाले विधान संशोधनगरी केही नयाँ पद सिर्जना गरी ७७ जनाको कार्यसमिति पुर्याएको छ ।

संघीय संरचना अनरुप आफूलाई अगाडि बढाएको महासंघले यसअघि नै प्रदेशगतरुपमा नयाँ नेतृत्व चयन गरिसकेको छ । केन्द्रिय नेतृत्वमा प्रत्येक प्रदेशवाट दुई/दुई जनाका दरले १४ जना र बाँकी एक महिला सदस्य सहितका पदाधिकारी एवं सदस्यहरु केन्द्रिय तहवाट छनौट गर्ने ब्यवस्था छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ २०६९ साल फाल्गुण २० गते विधिवत रुपमा दर्ता भएको नेपाल भरिका सुनचाँदी ब्यवसायीहरुको छाता संगठन हो । मुलुकको संघीय संरचना अनुरुप सातै वटा प्रदेशमा प्रदेश महासंघका अतिरिक्त देशभरका विभिन्न ६५ वटा जिल्ला/नगर संघको अलावा एशोसिएट सदस्यहरु तथा वस्तुगत संघहरु यस महासंघमा आवद्ध छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ