काठमाडौ । केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी)का हेमन्त मल्ल ठकुरीकी श्रीमतिले स्विट्जरल्याण्डबाट पठाएको रकम ग्लोवल आइएमई बैंकले फिर्ता पठाइदिएको छ । संयुक्त राष्ट्रसंघको स्विट्जरल्याण्डस्थित कार्यालयमा कार्यरत उनकी श्रीमतिले ग्लोवल आइएमई बैंकको खातामा रकम पठाइदिएकी थिइन् ।
तर ग्लोवल आइएमई बैंकले भने मल्ललाई रकम नदिई सो रकम निकाल्न लाग्ने शुल्क ४० हजार रुपैयाँ काटेर भने रकम फिर्ता पठाइदिको छ । किन सो रकम फिर्ता पठाइएको हो ? काटिएको शुल्क फिर्ता आउछ की आउदैन भन्ने बारेमा भने मल्ल परिवार पुरै अनभिज्ञ नै रहेको छ ।
मल्लले मंगलबार साँझ टवीट गर्दै गुनासोहरु पोखेका थिए । उनले बैंकहरुका कारण नेपालमा हुन्डी फस्टाएको पनि स्पष्ट पारेका थिए । उनले आफ्नो ट्वीमा ‘स्विट्जरल्याण्डमा रहेको संयुक्त राष्ट्रसंघमा कार्यरत मेरो श्रीमतीले मेरो छोराको ग्लोबल आईएमई बैकको खातामा पठाएको रकम खातावाला लाई जानकारी नै नगराई पैसा फिर्ता पठायो । त्यसको जानकारी स्विटजरल्याण्ड बाट भरर्खर पाएँ र सटही बापत ४० हजार रुपैयाँपनि तिर्नु प¥यो ।
यसरी बैंक मार्फत कानुनी रुपमा पठाएको पैसा कुनै जानकारी बिना फिर्ता पठाए बापत बैकले कुनै जिम्मेवारी लिनु पर्छकि पर्दैन ? मलाई थाहा छैन । हुँन्डी किन फस्टाई राखेको छ आफै बुझे हुन्छ । जय होस नेपाली बैंकीङ व्यवस्थाको’ भनी लेखेका थिए
उनले आफूले बैंकसँग कुराकानी गर्दा बैंकले आफुहरुले सेवा शुल्क बराबरको रकम नकाटेको र विचमा मध्यस्थता गर्ने बैंकले सो शुल्क काटेको बताएको जानकारी दिए । तर उनकी श्रीमतिले भने नेपाली रुपैयाँमा रकम कन्भर्ट भई सुल्क समेत नेपाली रुपैयाँमा नै काटिएकोले सो शुल्क ग्लोवल आइएमई बैंकले नै लिएर नदिइ फर्काएको जिकिर गरेको मल्लले सुनाए ।
नेपाल राष्ट्र बैंकका विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बम बहादुर मिश्रले युएनमा काम गर्नेले पठाएको रकम पुरै पारदर्शी हुने भएकोले बैंकले त्यसरी रकम नदिइकन रोक्न मिल्दै किन त्यसो गरेको हो सो बारे आफूले बुझ्ने बताए ।
मिश्रका अनुसार सम्पुर्ण व्यहोरा खुलाएर राष्ट्र बैंकको गुनासो इकाइमा मल्लले निवेदन दिएमा राष्ट्र बैंकले तत्काल छानविन गरी रकम फिर्ता गराउनका लागि पहल गर्नेछ ।
तर ग्लोवल आइएमई बैंकसँग सो बारेमा जानकारी लिन खोज्दा भने फोन उठेन ।
प्रतिक्रिया