काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको घरेलु तथा साना उद्योग समितिको सभापतिमा डिवी बस्नेत चयन भएका छन्। उनी महासंघको कार्यकारीणी समिति सदस्य हुन् ।
त्यस्तै समितिका सह–सभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य किशोर आचार्यसदस्यहरूमा तारानाथ घिमिरे, विजयकुमार साह, सहनलाल प्रधान, शोभाकान्त पराजुली, जमशेर मिया, लालीमान बुढा र पुष्पराज कु“वर रहेका छन् ।
समितिका विशेष आमन्त्रितहरुमा केशव प्रसाद घिमिरे, पृथ्वीबहादुर श्रेष्ठ, अर्जुनकुमार श्रेष्ठ, डासुराज पोख्रेल, लक्ष्मीलाल राजभण्डारी, लिला बहादुर अधिकारी, राजकुमार साह, जनक खराल, रामकुमार रायमाझी, सुसन महर्जन, नारायण भुषाल, शुभाषकाजी माकाजु, ज्ञानबहादुर तामाङ, केदार बस्नेत, गोपाल प्रसाद ढकाल, चन्द्रप्रसाद सापकोटा,किरण डंगोल र हरि दाहाल रहेका छन् ।
त्यसैगरी समितिका सल्लाहकारहरूमा अरुणराज सुमार्गी, भरतराज आचार्य, नरेन्द्र खड्का, सुरकृष्ण वैद्य, रंजितराज आचार्य, गोविन्द घिमिरे, रामकृष्ण प्रशाई, खुसनारायण सैजु र लोकविक्रम थापा हुनुहुन्छ ।
समिति विस्तार कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष शेखर गोल्छाले भने– नेपालमा संचालित उद्योगधन्दामा साना तथा मझौलाको अंश लगभग ८६ प्रतिशत ंछ । अर्थतन्त्रमा करिब २३ प्रतिशत योगदान छ । कोभिडको सवैभन्दा ठूलो असर पनि यही क्षेत्रमा परेको देखिन्छ ।
साना तथा मझौला उद्योग व्यवसाय अधिकांश असंगठित क्षेत्रमा रहेकाले कोभिडका कारण यसमा आश्रित १६ देखि २० लाख मानिस प्रभावित भएका छन । यो क्षेत्रलाई माथि उठाउन के कस्तो सहयोग आवश्यक छ त्यसमा समितिले गहन अध्ययन सहित सुझाव तयार गरोस, तपाईहरूले गर्नुहुने गृहकार्यबाट आउने सुझाव महासंघले तयार गर्ने भिजन पेपरका लागि समेत सहयोगी होस भन्ने चाहना महासंघले गरेको छ ।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले घरेलु तथा साना उद्योगहरू मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले के गर्दा यो क्षेत्रको प्रवद्र्धन गर्न सकिन्छ र यस क्षेत्रलाई निर्वाध संचालनमा सहयोग गर्न सकिन्छ त्यसमा कार्य गर्न समितिलाई सुझाव दिए ।
समितिका सभापति बस्नेतको अध्यक्षतामा बसेको पहिलो बैठकले समितिमा प्रतिनिधित्व गर्ने सबै सदस्य संस्थाहरूमा ९ सदस्यीय घरेलु तथा साना उद्योग समिति गठन गर्ने, लगानी सहजिकरणको लागि बैकर्स संघ र नेपाल राष्ट्र बैकसँग सहजिकरण गर्ने,घरेलु मझौला र साना उद्योगको तथ्यपरक अध्ययनसँगै कोभिड १९ बाट परेको प्रभावका बारेमा अध्ययन गर्न सहयोगी निकायको खोजि गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया