वि.सं. २०८१ माघ १०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘सहकारीमा युवा समावेशिता विषयक राष्ट्रिय गोष्ठी‘ आइतबारदेखि सुरु

अर्थटुडे
२०७७ फाल्गुन १७, सोमबार


काठमाडौं । ‘सहकारीमा युवा समावेशिता विषयक राष्ट्रिय गोष्ठी’ सोमबारदेखि काठमाडौमा सुरु भएको छ । भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघद्धारा आयोजना गरिएको सो गोष्ठीको आइतबार उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सहकारीसँग बाझिएका ४७ वटा ऐन, कानुन संशोधन गर्नका लागि आफुले सहयोग गर्ने बताए ।
“म यहाँ आउनुअघि बालुवाटार गएको थिएँ प्रधानमन्त्री ज्युले सहकारीहरुलाई काम गर्नका लागि बाधा पर्ने ४७ वटा कानुनहरु शंसोधन हुने कुरा भनिदिनु भन्नु भएको छ, अब सहकारीलाई व्यवसाय गर्न बाधा अड्चन हुने छैन,समस्या समाधान गर्नतर्फ सरकार अघि बढ्छ,’। आलेले भने ।
सो कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशवप्रसाद बडालले सहकारीका माध्यमबाट उत्पादन बढाएर आयात प्रतिस्थापन गर्दै निर्यात गर्नुपर्ने र सोको लागि युवाहरु शक्तिको खाँचो रहेको बताए ।
सहकारीमार्फत उत्पादन बढाएर रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ । उनले सहकारी मार्फत कुनैपनि उत्पादनको पकेट क्षेत्र घोषणा गरेर गाउँगाउँमा आवश्यकताअनुसारका सामग् िउत्पादन गर्न सकिने बताए । सहकारीले व्यवसायिकतामा जान अठोट गरे गरिबी निवारण हुनुका साथै निर्यात समेत गर्न सकिने उनको दावी थियो ।
त्यस्तै सो कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीमार्फत गरिबी न्यूनिकरण गर्दै दिगो विकास लक्ष्य प्राप्ति गर्न सम्भ रहेको बताए । सहकारीमा आबद्व युवालाई उद्यमशीलतामा जोड्न सके रोजगारी बढ्न सक्ने उनको भनाइ थियो ।
देशभर रहेका ३० हजार सहकारीमध्ये ५ सय वटा सहकारी उद्यमशीलतामा प्रत्यक्ष जोडिएको अध्यक्ष कँडेलले बताए । उनका अनुसार सहकारीमा जोडिएका कुल सदस्यमध्ये ३७ प्रतिशत युवाहरु सहकारीमा आवद्ध रहेको दावी गरे । हाल नेपालमा १० लाख मानिस सहकारीमा आवद्ध रहेका छन् ।
दुइदिनसम्म सञ्चालन हुने गोष्ठीमा ‘उद्यमशीलता प्रवद्र्वनका लागि युवाको भूमिका’ र ‘सहकारीमा युवा र नविनतम् प्रविधिको प्रयोग’ विषयमा कार्यपत्र प्रस्तुत हुने राष्ट्रिय सहकारी महासंघकी प्रबन्धक चित्राकुमारी थामसुहाङले जानकारी दिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ