काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) लाई स्पष्टीकरण सोधेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामकृष्ण खतिवडालाई उधृत गर्दै लण्डन स्टक एक्सचेन्जमा सूचिकृत हुनेगरी ३० मिलियन डलरको बराबरको बण्ड जारी हुने, इस्योरेन्सका लागि बण्ड जारी गरिने र १० प्रतिशत लाभांश वितरण गर्नेलगायतका विषयमा समाचार प्रकाशित भएपछि नेप्सेले तिन दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो ।
यसैगरी कम्पनीको मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने जस्ता धितोपत्रको मूल्यमा प्रभाव पार्ने संवेदनशील सूचना तथा जानकारी सम्बन्धित निकायमा जानकारी गराउन नआउँदै के कति कारण यस्तो प्रचार भएको हो भन्दै स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।
निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले केही दिनअघि चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको बताएका थिए ।
प्रतिक्रिया