वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पहिरोमा पुरिएर नौ को मृत्यु सयौ बेपत्ता,सानिमा हाइड्रो पावर डुबानमा

अर्थटुडे
२०७१ श्रावण १७, शनिबार

काठमाडौं । सिन्धुपाल्चोकको मांखा गाविसको वडा नम्वर १ मा पर्ने जुरे भन्ने ठाउँमा गएको पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।10462848_1449024708696278_1764405234129231942_n

सो पहिरोमा परेका ४० जनाको सकुसल उद्धार गरिएको र सयौ वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी भरत बोहराका अनुसा सो पहिरोमा परि ७० भन्दा बढी घरहरु पुरिएको छ ।
डिएसपी बोहराका अनुसार नेपाली सेनाको टोलीले दुइ वटा वम व्लाष्ट गरेर नदी खोल्ने प्रयास गरेको थियो । प्रहरीका अनुसार डुबानमा परेर गम्भीर घाइते भएका तीन जनाको बाह्रबिसेस्थित स्टोन अस्पतालमा उपचार भइरहेको छ।

सामान्य घाइते १६ जनाको खाडीचौरस्थित सशस्त्र प्रहरी वेसक्याम्पमा उपचार भइरहेको छ। अहिलेसम्म वनसाँघुको ड्याममा रहेको करिब २० घर पूर्णरुपमा डुबानमा परिसकेका छन्।
नदी थुनिदा सानिमा हाइड्रोको पावर हाउस डुबानमा परेको छ भने सुनकोशी हाइड्रोमा पनि विद्युत उत्पादन बन्द भएको प्रहरीले जनाएको छ ।
यसैविच सरकारले पहिरोले नदी रोकिदा पर्ने समस्यालाई मध्यनजर राख्दै भारत र चिन सरकारसँग सहयोगको लागि अनुरोध समेत गरेको छ । त्यस्तै सप्तकोसी बाधको सवै ढोका खोल्न पनि भारतसरकारसँग सरकारले आग्रह गरेको गृहमन्त्री बामदेव गौतमले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ