वि.सं. २०८१ माघ १०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अनलाईनबाट सेयर किनबेच कसरी गर्ने ? यस्तो छ टिएमएस चलाउने तरिका

अर्थटुडे
२०७७ चैत्र ४, बुधबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लगानीकर्ताहरुले ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मार्फत सेयर खरिद बिक्री गर्न सकिने व्यवस्था गरेको छ । अनलाईन सफ्टवेयरमा आधारित यस प्रणालीमार्फत कारोबार गर्नका लागि अझै लगानीकर्ताहरु अभ्यस्त भइसकेका छैनन् । यसैगरी विभिन्न प्राविधिक जानकारीको अभावमा पनि लगानीकर्ताहरुले सहज रुपमा कारोबार गर्न सकेका छैनन् ।


अनलाईनमार्फत कारोबार गर्नका लागि लगानीकर्तालाई जानकारी दिने उद्देश्यले नेप्सेले टिएमएस सम्बन्धी जानकारी दिन थालेको छ ।

१) TMS मा Registration प्रक्रिया पुरा भईसकेपछि Email प्राप्त भएन भने के गर्ने ?

  • • यदि ब्रोकरले तपाइको खाता खोलेको हो भने, TMS मा तपाईको सही Email प्रविष्टि भएको छ / छैन ब्रोकर मार्फत यकिन गर्नुहोस् ।
  • • यदि तपाई आफैले Online Registration मार्फत खाता खोल्नु भएको अवस्थामा पनि Email नआएमा ब्रोकरसंग नै सम्पर्क गरी आवश्यक सल्लाह लिनुहोस् । [ नोट : सिस्टमले reply गरेको Email कहिलेकहीं Spam मा बस्ने गरेको हुँदा Email को Spam Section मा पनि चेक गर्नुहोस् ]

२) TMS मा Registration गर्दा “Duplicate BOID” error आएमा के गर्ने ?

आफुले खाता खोल्न चाहेको ब्रोकरलाई तल दिईएका विवरण राखी email गर्नुहोस् ।

  • • BOID / Demat Number
  • • Client Code

३) TMS मा Citizenship No, Citizenship Issue Date वा Citizenship Issue Place नमिलेमा वा “Duplicate Citizenship” error आएमा के गर्ने ?

आफ्नो ब्रोकरलाई तल दिईएका विवरण राखी email गर्नुहोस् ।

  • • BOID / Demat Number
  • • Client Code
  • • Correct Citizenship No
  • • Correct Citizenship Issue Place
  • • Correct Citizenship Issue Date (in AD)

४) Support मा सम्पर्क गर्दा के के विवरण चाहिन्छ ?

  • • BOID / Demat Number
  • • Client Code
  • • Broker Name / Broker Number

नेप्सेले विभिन्न शाखाहरु मार्फत सरोकारवालाको गुनासो समाधान गर्दै आएको छ । निम्न विषयका लागि निम्न Extension Number र Email ID मार्फत सम्पर्क गर्न सक्नुहुन्छ । Telephone Numbers (+977)-1-4250755,4250756,4250757,4250758,4250596 Ext:- 0 E-Mail Address: info@nepalstock.com

क्र.स.सम्बन्धीत विषयहरुशाखाएक्सटेनसन न.इमेल ठेगाना
1टिएमएस सपोर्ट(TMS Support)118, 145
2हेल्प डेस्क0
3ब्रोकरसंग सम्बन्धीत विषयहरुसुपरिवेक्षण शाखा108,142surveillance@nepalstock.com
4संस्थापक शेयर तथा ओटीसी बजार सम्बन्धी कारोवारकारोवार शाखा107
5सूचीकृत कम्पनीको लग-इन तथा सूचना अपलोड गर्ने सम्बन्धी विषयहरुसूचिकरण शाखा136,137listing@nepalstock.com
6अन्य सूचना, तथ्यांक तथा जानकारीमूलक सामग्रीका लागिअनुसन्धान शाखा123research@nepalstock.com.np
7वेवसाइट, मोबाइल एप सम्बन्धी विषयहरुआई.टि शाखा144,120,126,134,135support@nepalstock.com

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ