काठमाडौं । सिन्धुपाल्चोकको मांखा गाविसमा गएको पहिरोले सुनकोसी नदी रोकिदा तीनवटा जलविद्युत आयोजनाको विजुली उत्पादन बन्द भएको छ ।
सो नदीबाट सुनकोसी जलविद्युत आयोजना,सानिमा जलविद्युत आयोजना र भोटेकोसी जलविद्युत आयोजनाको विद्युत उत्पादन रोकिएको छ ।
जसबाट राष्ट्रिय प्रसारणमा साढे ५७ मेगावाट विजुली घट्ने अनुमान गरिएको छ । उत्पादन घट्दा लोडसेडिङ बढ्ने भने पक्का रहेको छ ।
प्रतिक्रिया