काठमाडौं । लगानीकर्ता र उच्च व्यवस्थापनबीच पारिवारीक नाता समेत रहेका नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक एकआपसमा गाभिने भएका छन् । विहिबार दुवै बैंकबीच भएको यससम्बन्धी सम्झौतमा इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा हिमालयनका अध्यक्ष तुलसी प्रसाद गौतमले हस्ताक्षर गरे ।
मर्जरपछि बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट हुने र अध्यक्षमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतमा अशोक शमसेर राणा रहने सहमति भएको छ । पाडेँ हाल इन्भेष्टमेन्टका अध्यक्ष छन् भने राणा हिमालयनमा सिइओ रहेका छन् ।
मर्जर पछि बन्ने बैंकको संचालक समितिमा दुबै बैंकको तर्फबाट ३/३ जना संचालक नियुक्त हुने र नयॉ संचालक समितिले स्वतन्त्र संचालकको नियुक्ति गरी जम्मा ७ जनाको संचालक समिति बन्ने समझदारी भएको छ ।
मर्जरपछि बैंक सबैभन्दा ठूलो बाणिज्य बैंक बन्नेछ । मर्जरपश्चात बैंकको बैंकको चुक्ता पुँजी २६ अर्व ९४ करोड, जगेडा तथा कोष २१ अर्व ७७ करोड, निक्षेप ३ खर्व ११ अर्व ९९ करोड र लगानी २ खर्व ८८ अर्व १२ करोड हुनेछ ।
सम्झौतापत्रमा एकिकृत कारोबार गर्ने समय उल्लेख नगरे पनि चालु आर्थिक वर्षभित्रै मर्जर प्रक्रिया सम्पन्न गरी आगामी आवबाट संयुक्त रुपमा कारोबार सुरु गर्ने तयारी छ । स्रोतका अनुसार मर्जरका लागि सेयर स्वाप अनुपातमा अझै सहमति भएको छैन । बैंकहरुको सम्पति तथा दायित्व मूल्यांकन सम्बन्धी प्रारम्भिक प्रतिवेदनमा दुवै बैंकको एक सय बराबर एक सय स्वाप रेसियो हुने उल्लेख गरेपनि यससम्बन्धी विस्तृत अध्ययन गर्ने र सोहि आधारमा मर्जर गर्ने सहमतिसहित समझदारी भएको हो ।
प्रतिक्रिया