वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी महासंघले नेपाल र भारतलाई ‘विश्व महामारी कोष’ बनाएर सहयोग गर्ने

अर्थटुडे
२०७८ जेष्ठ ५, बुधबार

काठमाडौं । अन्तराष्ट्रिय सहकारी महासंघ (आइसीए) ले नेपाल र भारतमा दिनानुदिन फैलिदै गएको कोभिड–१९ को नियन्त्रण र उपचारका लागि ‘विश्व महामारी कोष’ (ग्लोवल पेन्डामिक फन्ड) स्थापना गरी सहयोग गर्ने भएको छ ।


मंगलबार आइसीएका अध्यक्ष एरियल ग्वार्कोले आइसीएका सदस्य संस्थाहरुसँग गरेको छलफलपछि ‘विश्व महामारी कोष’स्थापना गरी कोरोनाबाट प्रभावित देशहरु विषेशगरी नेपाल र भारतमा सहयोग गर्ने बचन दिएका हुन् ।

ग्वार्कोले विभिन्न देशमा उत्पादन भएको कोरोना भ्याक्सिन प्रदान गर्ने काम ति देशका सम्बन्धीत सरकारले गरिरहेकोले आफूहरुले भ्याक्सिन उपलव्ध गराउन नसकिने भन्दै महासंघले कोरोना प्रभावित देशहरुलाई कोष स्थापना गरी संकलन भएको रकमबाट सहयोग गर्न सकिने बताए ।अध्यक्ष ग्वार्कोले कोरोना महामारीका कारण नेपालको सहकारी क्षेत्रमा पारेको नकारात्मक प्रभावप्रति दुख व्यक्त गर्दै सहकारीमा संलग्न मानिसहरुसँग सहनशिल क्षमताका कारण सहकारी व्यवसाय समुत्थान हुने विश्वास रहेको पनि बताए । ग्वार्कोले नेपालमा कोभीडको अवस्था र सहकारी क्षेत्रमा यसको प्रभावबारे आफूलाई प्राप्त जानकारी आगामी विश्व सहकारी मञ्चमा प्रस्तुत गर्ने समेत बचन दिए ।

राष्ट्रिय सहकारी माहासंघका अध्यक्ष मीनराज कडेंलले महामारी समुत्थानका लागि विश्व सहकारी अभियान एक ढिक्का भई आपसी सहयोग आदान प्रदान गर्न आवश्यक रहेको बताए ।


आईसीए ग्लोेवल वोर्ड मेम्बर तथा महासंघकी वरिष्ठ उपाध्यक्ष एवं संविधानसभा सदस्य ओमदेवी मल्लले सरकारद्वारा स्थापित कोरोना रोकथाम, उपचार तथा नियन्त्रण कोषमा नेपालको सहकारी क्षेत्रको योगदान प्रशंसनीय रहेको बताइन् ।


उनले सहकारी क्षेत्रले सरकारद्धारा स्थापित कोरोना कोषमा १० करोड रुपैयाँ भन्दा बढी रकम योगदान गरेको पनि सो छलफलमा उल्लेख गरिन् । उनले कोरोना नियन्त्रण सहकारी सेन्टर स्थापनामा पनि सहकारी महासंघ लगायत सहकारी अभियानले सहयोग गरेको पनि जानकारी दिइन् ।


हाल सहकारी अभियानले तत्काल कोभीड भ्याक्सीनको व्यवस्था गर्न, अन्सीजन प्लान्ट निर्माण गर्न, अन्सीजन सीलिण्डर उपलव्ध गराउन, कोभीडका औषधी, मास्क सेनीटाइजर, भेन्टीलेटर लगायतका सामग्रीहरुको उपलव्ध गराउनका लागि सहकारी क्षेत्रले भुमिका खेल्नुपर्ने मल्लको भनाई थियो ।


मल्लका अनुसार कोरोना महाकारीको समयमा डीजिटल प्रविधिवाट सहकारी व्यवसाय सन्चालन गर्ने तथा कोरोना पिडित सहकारीकर्मीहरुको जीविकोपार्जनमा सहयोग पुर्याउन सहकारी अभियानले महत्वपुर्ण भुमिका खेल्न आवश्यक रहेको छ ।

कार्यक्रममा महासंघका पुर्वअध्यक्ष केशवप्रसाद बडालले नेपालमा कोरोनाका कारण उत्पन्न समस्याहरुको जानकारी दिदै आसीए अध्यक्ष ग्वार्कोलाई नेपालको महामारी प्रति दर्शाएको ऐक्ववद्धताका लागि धन्यवाद दिएका थिए ।

उपाध्यक्ष रमेश पोख्रेल, महासंघका सञ्चालक तथा राष्ट्रि सहकारी वैकका अध्यक्ष के वी उप्रेती, महासंघका नायव महाप्रवन्धक बाबुल खनाल लगायत आइसीएका नेपालस्थित सदस्य संस्थाहरुको प्रतिनिधि उपस्थित थिए ।

बैठक अन्तराष्ट्रिय सहकारी महासंघकी ग्लोवल बोर्ड मेम्वर ओमदेवी मल्लको संयोजकत्वमा भएको थियो । मल्ल अन्तराष्ट्रिय सहकारी महासंघको बोर्ड मेम्मरमा निर्वाचित हुने पहिलो नेपाली हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ