काठमाडौं । प्रदेश १ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले साना किसान मैत्री वजेटको तयारी भइरहेको बताएका छन् । प्रदेश १ धेरै उत्पादनमा आत्मनिर्भर रहेको र बाँकी रहेका उत्पादनमा पनि आत्मनिर्भर हुने अवस्थामा रहेको उनले जानकारी दिए ।
एशोसिएशन अफ नेपाली एग्रिकल्चलर जर्नलिस्ट (अनाज) ले विहिवार आयोजना गरेको ‘कोरोना महामारी र प्रदेश १ कृषि वजेटका सवालहरु’ विषयक भर्चुअल बहस कार्यक्रम उहाँले कृषिलाई व्यवसायीकरण र मर्यादाको क्षेत्र बनाउने काम पनि भइरहेको बताए । उनले कृषिमा ठूला घाराना उद्योगीहरु पनि हात हालेको कारण साना किसानहरुलाई पनि हौसला प्रदान गरेको उनको भनाई थियो ।
उनले संघ, प्रदेश र स्थानीय तहको बीचमा केही कामका लागि क्षेत्र विभाजन गरिएको जानकारी गराउँदै पकेट स्थानीय, ब्लक समूहलाई प्रदेश र जोन सुपर जोनलाई केन्द्रीय सरकारलाई हेर्ने स्तर निधारण भएको छ तर त्यो अनुसार काम नभएको उल्लेख गरे ।
स्थानीय तथा केन्द्रीय सरकारसँग छलफल गरेर काम गरेपनि सोचे जस्तो समन्वय नभएको कुरा सही रहेको बताउँदै उहाँले त्यसलाई सुधार गर्ने प्रयास हुने बताए । प्रदेश सरकारले कृषिको यान्त्रिककरण, उत्पदान, अनुदान जस्ता क्षेत्रमा काम गरिरहेको छ तर व्यक्ति व्यक्तिको घरमा नपुगेपनि सहकारीस्तरमा पुगेको उनको दावी थियो ।
प्रतिक्रिया