पुजा मल्ल
काठमाडौं । नेपाल धितोपत्र बोर्डले कुनै सेयर किन्न वा बेच्नका लागि उत्साहित गराउने कार्य नगर्न निर्देशन दिएको छ । कुनै व्यक्ति तथा संस्थाले सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुबाट सेयर बजार घट्ने वा बढ्ने तथा कुनै सेयर किन्न वा बिक्री गर्नका लागि उत्साहित गर्ने गरेको भन्दै त्यस्तो नगर्न बोर्डले भनेको हो ।
बोर्डले सार्वजनिक सूचनामार्फत अनाधिकृत तवरले अन्तरवार्ता र अभिव्यक्तिसमेत नदिने बोर्डले सम्झाएको छ । यसरी टिकाटिप्पणी गरिंदा बजारको स्वतन्त्ररुपले सञ्चालन हुने व्यवस्थालाई समेत प्रभावित बनाउने बोर्डको भनाई छ । धितोपत्र सम्बन्धी ऐन २०६३ ले पनि कसैलाई प्रभावित पार्ने हिसाबले अभिव्यक्ति दिन नपाइने बोर्डले उल्लेख गरेको छ ।
बोर्डले केहि व्यक्तिहरुले निश्चित कम्पनीको सेयर किन्न उक्साएको र निश्चित कम्पनीको सेयर नकिन्नका लागि प्रोत्साहन गरेको भन्दै अन्तवार्ता र सामाजिक संजालमार्फत भइरहेको त्यस्ता गतिविधि नियालीरहेको भन्दै चेतावनी दिएको छ ।
प्रतिक्रिया