काठमाडौं । नयाँ पूर्नबिमा कम्पनीको लाइसेन्सका लागि बिमा समितिले दिएको समयभित्र ५ कम्पनीले प्रस्ताव पेश गरेका छन् । बिमा समितिमा अन्नपूर्ण रि, काठमाडौं रि, प्रडुन्सियल रि, हिमालयन रि, जेन्युन रि गरी पाँच कम्पनीले लाइसेन्सका लागि आवेदन दिएका छन् ।
समितिले २१ दिनको समय दिएर बैशाख १६ गते नयाँ पुर्नबिमा कम्पनीका लागि प्रस्ताव आवहान गरेको थियो । यसअघि नै चार कम्पनीले बिमा समितिमा पेश गरेको प्रस्तावलाई वदर गर्दै समितिले पुनः प्रस्ताव आवहान गरेको थियो ।
समितिले पूर्नबिमा कम्पनीको चुक्ता पुँजी १० अर्व रुपैयाँ भन्दा बढि हुनुपर्ने व्यवस्था गरेको छ । यसअघि नै पूर्नबिमा कम्पनीमा लगानी गरेका लगानीकर्ताले नयाँ कम्पनीमा लगानी गर्न पाउने छैनन् ।
हालसम्म नेपालमा एकमात्र नेपाल पुनर्बीमा कम्पनी संचालनमा छ । ८ अर्व ४० करोड चुक्ता पुँजी रहेको कम्पनीमा सरकारको सेयर हिस्सा ४४ प्रतिशत, विभिन्न संघसंस्था र बीमा कम्पनीहरूको ४० प्रतिशत र सर्वसाधारणको १६ प्रतिशत हिस्सा छ ।
प्रतिक्रिया