वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दिनभर वर्षा, वेलुकीबाट मौसम सफा हुने

अर्थटुडे
२०७८ जेष्ठ ७, शुक्रबार

काठमाडौं । विहिबारदेखि देशभरको मौसम बदली भएको छ । अहिले गण्डकीबाहेक सबै प्रदेशमा पानी परेको छ ।

थोरै ठाउँमा भारी र कतै थोरै पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार पनि दिउँसोपख पनि सुदूरपश्चिम, कर्णाली, वाग्मती र प्रदेश–१ का केही ठाउँ र लुम्बिनी, गण्डकी र प्रदेश–२ का थोरै ठाउँमा मेघगर्जन÷चट्याङ्गसहित पानी पर्ने सम्भावना छ ।

सुदूरपश्चिम, वाग्मती, प्रदेश–१ र २ का एक÷दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । भारतमा आएको चक्रवात ताउ–ते आँधीपछि बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसम बद्ली भएको हो । देशका केही ठाउँमा हिजो पनि पानी परेको थियो ।

आज बेलुकादेखि मौसम बिस्तारै खुल्दै जाने महाशाखाले जनाएको छ । आजराति प्रदेश–१ र २ सहित बाँकी पहाडी क्षेत्रमा मौसम बद्ली हुने र अरु ठाउँको मौसम सफा हुने अनुमान छ । त्यस्तै हिमाली क्षेत्रमा छिटफुट हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ