वि.सं. २०८१ माघ ९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिमेन्ट उद्योगबाट क्षमताको आधा मात्र उत्पादन, वार्षिक साढे १५ लाख टन आयात

अर्थटुडे
२०७८ जेष्ठ ७, शुक्रबार

काठमाडौं । नेपालमा संचालनमा रहेका सिमेन्ट उद्योगहरुले आफ्नो क्षमताको आधा मात्र उत्पादन गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानीः आर्थिक सामाजिक प्रभावको अध्ययनमा सिमेन्ट उद्योगहरुले बार्षिक एक करोड ५० लाख टन सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता भएपनि ४९.९३ प्रतिशत अर्थात् ७४ लाख ९० हजार मेट्रिक टन सिमेन्ट मात्र उत्पादन गरिरहेका उल्लेख गरिएको छ ।

अध्ययनमा प्रत्यक्ष विदेशी लगानी रहेको उद्योगहरुले ४५.८१ प्रतिशत तथा सरकारी र निजी स्वामित्वका उद्योगहरुको भने क्रमशः ५०.१२ प्रतिशत र ६३.७८ प्रतिशत क्षमता मात्र उपयोग भएको छ ।

नेपालमा बार्षिक ९० लाख ५० हजार टन सिमेन्ट खपत हुने गरेको छ भने बार्षिक १५ लाख ६० हजार मेट्रिक टन आयात हुने गरेको छ ।

नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग
परिपुर्ति गर्न र आयात कटौती तथा निर्यात प्रवद्र्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु
खोल्न दिन उपयुक्त देखिने अध्यन प्रतिवेदनले औल्याएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ