काठमाडौं । निषेधाज्ञाका कारण आर्थिक गतिविधि ठप्प हुँदा पनि लगातार बढिरहेको सेयर बजारमा पहिरो गएको छ । आईतबार उच्च रेकर्ड कायम गरेको । नेपाल स्टक एक्सचेज (नेप्से) सोमबार भने४५.२५ अंकले घटेर २७८२.६८ अंकमा झरेको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । यसदिन २१८ कम्पनीका ३ करोड ८ लाख कित्ता सेयर किनबचेबाट १३ अर्व ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार नेप्सेसँगै सबै समूहगत परिसूचकहरु पनि घटेको छ । यसदिन बैंकिङ १९.०२, व्यापार १६८.०९, होटल तथा पर्यटन ०.८१, विकास बैंक ५६.९७, जलविद्युत १२९.९३, फाइनान्स समूह १२.८१, निर्जीवन बिमा ३८०.८८, उत्पादन १०३.२१, अन्य ५२.५३, लघुवित्त ९.९९, जीवन बिमा ३५६.९ र लगानी ०.९८ अंकले घटेका नेप्सेले जनाएको छ ।
प्रतिक्रिया