वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौंका दुई सहकारीमा लुटपाट

अर्थटुडे
२०७८ जेष्ठ १७, सोमबार

काठमाडौं । मैतीदेवीस्थित एउटै घरमा रहेका २ वटा सहकारीमा लुटपाट भएको छ । गौथली ऋण तथा सहकारी जेष्ट आइडोलोजी बचत तथा ऋण सहकारीबाट नगद, सुनका गहना तथा कम्प्युटर चोरी भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गौथली सहकारीबाट सुनका गहना र नगद २ लाख २३ हजार रुपैयाँ गरी करिब ९ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । यसैगरी जेष्ट आइडियोलोजीबाट भने १ थान कम्प्युटर र मोबाइल चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ