काठमाडौं । सत्तारुढ दलहरुविच नै सहमति जुट्न नसकेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा विद्युत व्यापार सम्झौता (पिटिए ) नहुने भएको छ ।
काठमाडौं । सत्तारुढ दलहरुविच नै सहमति जुट्न नसकेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा विद्युत व्यापार सम्झौता (पिटिए ) नहुने भएको छ ।
मोदीको भ्रमणमा नै भारतीय विकास कम्पनी जिएमआरसँग परियोजना विकास सम्झौता (पिडिए) पनि गर्ने सरकारको लक्ष्य रहेपनि सो समेत नहुने भएको छ । जिएमआरसँग नेपालले माथिल्लो कर्णाली जलद्युत आयोजना निर्माणका लागि (पिडिए) सम्झौता गर्न लागेको थियो ।

लगानीबोर्डसँग शनिवार जिजएमआरले पिडिएबारे गम्भीर छलफल गरेपनि सरकारले निर्णय लिन नसक्दा मोदी भ्रमणमा पिडिए हुन नसक्ने भएको हो । शनिवार विहान लगानी बोर्डको बैठक बस्नका लागि बालुवाटार पुगेका लगानीबोर्डका प्रमूख कार्यकारी अधिकृत राधेश पन्तले जिएमआरसँगको सहमति तथा परियोजनाको उपलव्धिबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
सो कार्यपत्र प्रस्तुत भएपछि बसेको मन्त्रीपरिषद्को बैठकमा मन्त्रीहरुको असहमतिका कारण पिडिए र पिटिए अहिले नगर्ने सरकारले निर्णय गरेको हो ।
यस विषयमा थप गृहकार्य गर्नुपर्ने भन्दै केही मन्त्रीहरुको सहमति नभएपछि मोदीको भ्रमणमा नै पिडिए गर्ने नेपालको सपना चकनाचुर भएको छ । यस अघि नेपाली कांग्रेस र एमाले पिडिए र पिटिए मोदीको भ्रमणमा नै गर्ने भन्ने पक्षमा थिए ।
प्रतिक्रिया