वि.सं. २०८१ कार्तिक १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘पावरफुल व्यापारी’लाई नै पुर्नबिमाको लाइसेन्स

अर्थटुडे
२०७८ जेष्ठ १७, सोमबार

काठमाडौ । बिमा समितिले पावरफुल व्यापारीहरु लगानीकर्ता रहेको कम्पनीलाई पुर्नबिमा संचालनका लागि लाइसेन्स दिने निर्णय गरेको छ । समितिमा प्रस्ताव पेश गरेका कम्पनीहरुमध्ये हिमालयन रि इन्स्योरेन्सले नेपालमा कारोबार गर्नका लागि स्वीकृति पाएको छ ।

हिमालयन रिमा मा शंकर ग्रुपका अध्यक्ष सुलभ अग्रवाल, साहिल अग्रवाल, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर, महासंघकी पुर्व अध्यक्ष भवानी राणा, पुर्व अध्यक्ष पशुपति मुरारका, झापाका व्यवसायी दीपक भट्ट लगायतका ठूला व्यापारीहरुको लगानी रहेको छ ।

लगानीकर्तामध्ये एक सुलभ अग्रवाल २०७६ चैत २५ गते ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए ।
समितिले बैशाख १६ गते २१ दिने सुचना जारी गर्दै नयाँ पुर्नबिमा कम्पनीका लागि आवहान गरेको थियो । उक्त समयभित्र हिमालयनका साथै अन्नपूर्ण रि, काठमाडौं रि प्रुडेन्सियल रि–इन्स्योरेन्स र जेन्युन रि–इन्स्योरेन्सले आवेदन दिएका थिए ।

हालसम्म नेपालमा एकमात्र नेपाल पुनर्बिमा कम्पनी संचालनमा छ । ८ अर्ब ४० करोड चुक्ता पुँजी रहेको कम्पनीमा सरकारको सेयर हिस्सा ४४ प्रतिशत, विभिन्न संघसंस्था र बिमा कम्पनीहरूको ४० प्रतिशत र सर्वसाधारणको १६ प्रतिशत हिस्सा छ ।

समितिले पुनर्बिमा कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ भन्दा बढी हुनुपर्ने व्यवस्था गरेको छ । यसअघि नै पुनर्बिमा कम्पनीमा लगानी गरेका लगानीकर्ताले नयाँ कम्पनीमा लगानी गर्न पाउने छैनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ