काठमाडौं । सरकारले कोभिड–१९ को संक्रमण फैलिन नदिन निषेधाज्ञा कडाइ गरेसँगै काठमाडौं उपत्यकामा सहकारी संस्था संचालनमा भने समस्या भएको छ । प्रहरी प्रशासनले सहकारी संस्थाका कर्मचारीलाई आवजजावत गर्न नदिएपछि संस्था खोलेर सेवा दिन नसकिएको सहकारीकर्मीहरुले गुनासो गर्न थालेका छन् ।
‘संस्था बन्द गरौं भाग्यो भन्लान, खोल्न प्रशासनले दिदैन’ भन्दै सहकारीका संचालकहरुले सामाजिक संजालमार्फत गुनसो गरेका छन् ।
प्रशासनले बैंकिङ अत्यावश्यक सेवाको रुपमा व्याख्या गरि संचालन गर्न दिएको छ । बैंकहरुले सिमित संख्यामा शाखा खोले सेवा दिदै आएका छन् । तर, सहकारीको कारोबारलाई भने बैंकिङ सेवा रुपमा नस्विकार्दा प्रहरीले सहकारीका कर्मचारीलाई आवतजावत गर्न दिएको छैन ।
प्रशासनले सहकारीको महत्व नबुझेको सहकारीकर्मीहरुको गुनासो छ ।
सहकारी संस्था संचालनको वातावरण मिलाउन सहकारीको महासंघ, संघहरुले प्रशासनसँग समन्वय नगरेको भन्दै सहकारीका संचालकहरुले आक्रोश पोखेका छन् ।
प्रतिक्रिया