वि.सं. २०८१ भाद्र २८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक महिनादेखिको आन्दोलन स्थगित गरे पर्यटन व्यवसायीहरुले

अर्थटुडे
२०७१ जेष्ठ १९, सोमबार

काठमाडौँ । पर्यटनव्यवयासीहरुले जारी राखेको आन्दोलन स्थगित गरेका छन् । एक महिनादेखि पर्यटन बोर्डमा भएको आर्थिक अनियमितता छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने लगायतका माग राख्दै गरिएको आन्दोलन मन्त्रीले बार्तामा आउन आग्रह गरेपछि स्थगित गरेका हुन् ।

पर्यटन व्यवसायीले सोमबार संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भीमप्रसाद आचार्यले वार्तामा आउन आग्रह गरेपछि तत्कालका लागि आन्दोलन स्थगित भएको बताएका हुन् ।
आन्दोलनरत पर्यटन व्यवसायीका संयोजक रमेश धमलाले मन्त्री आचार्यले वार्ताबाट समस्याको समाधान खोज्ने आश्वासन दिनु भएकाले तत्कालका लागि आन्दोलन स्थगित गरेको बताए ।

उनले मन्त्री आचार्यले बोर्डमा भएको अनियमितता छानविन समितिमा निजी क्षेत्रबाट चारजना पर्यटन व्यवसायीको नाम दिनसमेत आग्रह गर्नुभएकाले वार्ताबाट समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
निजी क्षेत्रबाट अनियमितता छानविन समितिका लागि सिफरिस गरेका चार सदस्यमा टे«किङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष तथा संयुक्त पर्यटन व्यवसायीका संयोजक रमेश धमला, टानका पूर्व अध्यक्ष दीपक महत, राष्ट्रिय पर्यटन व्यवसायी सङ्घका अध्यक्ष चन्द रिजाल र पर्यटन व्यवसायी गणेश सिम्खडा रहेको बताइयो ।

पर्यटन व्यवसायमा संलग्न विभिन्न २५ वटा सङ्घसंस्था संलग्न रहेको उक्त संयुक्त पर्यटन व्यवसायीले बोर्डमा भएको आर्थिक अनियमितताको छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने, बोर्डमा प्रमुख कार्यकारी निर्देशक नयाँ नियुक्त गर्नुपर्ने, निजी पर्यटन व्यवसायीहरूबाट पनि छानविन समितिमा सदस्य बनाउनुपर्नेलगायत माग राख्दै गत वैशाख १७ गतेदेखि आन्दोलनमा उत्रिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ