काठमाडौं । सन २००६ का नोवेल पुरस्कार विजेता विजेता प्रोफेसर मोहम्मद युनूसले कोभिड–१९ महामारीले आर्थिक प्रणालीको पुनःसंरचना गर्ने महत्वपूर्ण अवसर दिएको भन्दै धनीलाई अझ धनी, गरिवलाई झन् गरिव बनाउने आर्थिक प्रणालीको पुनःसंरचना गर्न प्रस्ताव गरेका छन् । यसका लागि अहिलेको पूँजी प्रधान आर्थिक प्रणालीको पूनःसंरचना गरेर सामाजिक उत्तरदायित्व वहन गर्ने खालको आर्थिक प्रणली लागु गर्नु पर्ने भन्दै उनले सामाजिक व्यवसायको अवधारणा अघि सारेका हुन् ।
११ औं सामाजिक व्यवसाय दिवसका अवसरमा बुधबार अनलाईन जुम माध्यमबाट आयोजित नेपाल फोरमलाई विशेष सम्बोधन गर्दै उनले अहिलेको पुँजी प्रधान आर्थिक प्रणालीको पूनःसंरचना गरेर सामाजिक उत्तरदायित्व वहन गर्ने खालको आर्थिक प्रणाली लागु गर्नु आग्रह गरे । उनले शुन्य गरिबी, शुन्य वेरोजगारी र शुन्य हरितगृह ग्याँस उत्सर्जन अर्थात तीन शुन्यकोे बाटो अवलम्बन नगरे मानवजातिले ठुलो संकट खतराको सामना गर्नुपर्ने बताए । “हामीले विश्वलाई गरिबी, बेरोजगारी र कार्वन रहित वनाउन तर्फ लाग्नु पर्छ” उनले भने, “त्यसको यात्रा आजैबाट शुरु हुनु पर्छ । सबै आ–आफ्नो तर्फवाट अघि वढ्नु जरुरी छ । यसकालागि हामी संग जे छ त्यो लिएर अघि वढौँ र अरुलाई पर्खने समय छैन ।”
युनूसले अव युवा पुस्तालाई पनि विश्वका यस्ता असमानता तथा ठुला समस्याबारे जागरुक र सचेत वनाउन थ्री जीरो क्लवकोे शुभारम्भ गरेको जानकारी गराएका छन् । यूनुसका अनुसार यस थ्री जीरो क्लव अवधारणा अनुसार १२ देखि ३५ बर्ष उमेर समूहका युवाहरुलाई नेतृत्व पंङतीमा राखेर उनीहरु संग भएको उर्जा तथा प्राविधिक क्षमतालाई समुन्नत विश्व वनाउन उपयोग गर्ने रहेको छ ।
कार्यक्रममा बोल्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले गरिबी निवारण, शुन्य वेराजगारी र शुन्य कार्वन उत्सर्जनको पथमा अघि वढ्न घच्घच्याएको वताए । “हामीसँग समस्याहरुको समाधान गर्नको लागि आर्थिक स्रोत र साधनको साथै ज्ञान र सीपहरु पनि छन्” उनले भने, “तर हामीमा संस्कार र संकल्पको कम छ । त्यसैले संस्कार र संकल्पका साथ हामी संग भएको क्षमता प्रदर्शन गर्नु जरुरी छ ।”
फोरममा शुन्य गरिबी, शुन्य वेराजगारी र शुन्य हरितगृह ग्यास उत्सर्जन र सो अन्तर्गत १० बटा उप शिर्षकहरुमा छलफल भएको थियो । फोरमले आगामी दुई बर्ष भित्र कार्यान्वयन गर्ने गरी कार्ययोजना समेत वनाएको छ । सोही कार्ययोजना २०७८ आषाढ २० गते बंगलादेशको यूनुस सेन्टरले आयोजना गर्ने अन्तर्राष्ट्रिय साझा फोरममा पनि प्रस्तुत गरिने छ ।
कार्यक्रममा आर्थिक, सामाजिक, शिक्षा, वातावरण, महिला युवा तथा अन्य विभिन्न क्षेत्रका ३ सय ६६ जना व्यक्तीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया