काठमाडौं । चिनियाँ ह्याकरको निशानामा नेपालको दूरसञ्चार क्षेत्र परेको छ । कोभिडका कारण लकडाउनको समयमा पनि ह्याकरले नेपालका दूरसञ्चार सेवाप्रदायकको सिस्टममा आक्रमण हुदै आएको छ । आइतबार नेपाल टेलिकमको साइवरमा ह्याकरले ह्याक गर्न खोजेपछि निक्कै हंगामा मच्चिएको छ । केहि महिना अघि इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेट, इसेवाको पनि ह्याकरले ग्राहकको डेटा सार्वजनिक गर्दै कम्पनीको सिस्टममा हमला गरेका थिए ।
अहिले पुनः नेपालकै ठूलो सरकारी स्वामित्वको मोबाइल सेवाप्रदायक कम्पनी नेपाल टेलिकमको सर्भरमा साइबर हमला भएको पुष्टि भएको छ । टेलिकमका अनुसार आइतबार टेलिकमको सर्भरमा अनाधिकृत रुपमा साइबर हमला भई डेटा समेत लिक भएको हुन सक्ने अनुमान गरिएको छ ।
नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले टेलिकमको सिस्टममा साइबल हमला भएको थाहा पाएपछि उक्त सर्भरलाई हाल डाउन गरेर राखिएको र त्यसमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।
‘हाम्रो सिस्टममा हमला भएको आशंकापछि अध्ययन र खोजी गरेपछि एउटा शंखा लागेको सर्भरलाई डाउन गरेका छौं’ उनले भने ‘सो सर्भर खासै प्रयोग नभएको पुरानो सर्भर रहेकाले आजबाट त्यसमा डेटा भए नभएको, कुन किसिमको डेटा हो भन्ने बिषयमा रिसर्च सुरु भएको छ।’
ह्याक भएको भनियो तर, कुन प्रकारको ह्याकिङ् हो भन्ने बिषय पनि एकिन भइनसकेको जोशीको भनाई छ । उनका अनुसार सर्भरमा भएको आक्रमणको बिषयलाई थप अध्ययन र अनुसन्धान गर्न टिम नै लागी रहेको छ । यो सँगै नेपालमा दुरुसञ्चार कम्पनीमा पनि साइबर आक्रमण सुरु भएको छ ।
नेपाल टेलिकममा ह्याकरको आक्रमण
२०७८ असार २८, सोमबार
प्रतिक्रिया