वि.सं. २०८१ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी बैंक अब अर्ब क्लवमा, तीन बर्षमा नाफामा २१० प्रतिशतले बढोत्तरी

अर्थटुडे
२०७८ श्रावण ८, शुक्रबार


काठमाडौं । सहकारी बैंक पनि अव अर्ब क्लवमा छिरेको छ । गत आर्थिक बर्षमा सहकारी बैंकले एक अर्ब ६६ लाख रुपैयाँ खुद नाफा कमाएर अर्ब क्लवमा छिरेको हो । यसअघि नेपालका केही बाणिज्य बैंकहरु मात्र अर्व क्लवमा छिरेका छन् । कोभिड‐१९को असरका बाबजुत पनि सहकारी बैंकले नाफालाई एक अर्ब रुपैयाँ कटाउन सफल भएको हो । यो सफलता सहकारी बैंकको लागि धेरै ठूलो हो । अघिल्लो आर्थिक बर्षको तुलनामा नाफामा बैंकले ४७.४१ प्रतिशतले बढोत्तरी गरेको छ ।


व्याज आम्दानी, सन्चालन मुनाफामा बृद्धि भएसँगै बैंकको नाफामा पनि बृद्धि भएको हो । गत आर्थिक बर्षमा बैंकको निस्कृय कर्जा भने केही बढेको छ । अघिल्लो आर्थिक बर्षमा ०.७० रहेको बैंकको निष्कृय कर्जा गत आर्थिक बर्षमा बढेर १.३९ प्रतिशत पुगेको छ । कोभिड ‐१९ का कारण सहकारी संस्थाहरुमा समस्या आएपछि कर्जा पर्याप्त उठ्न नसक्दा निष्कृय कर्जा बढेको बैंकले जनाएको छ ।


त्यस्तै बैंकसँग तरलता भने पर्याप्त रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात ५०.७७ रहेको छ । जसको अर्थ अझै सहकारी बैंकसँग ३५ प्रतिशत रकम कर्जा लगानी गर्न सक्छ । २ अर्ब ८७ करोड रुपैयाँ सेयर पुँजी रहेको बैंकको १ अर्ब ५२ करोड रुपैयाँ जगेडा कोषमा रहेको छ । जुन राष्ट्रिय स्तरका ख बर्गका बाणिज्य बैंक सरह हो ।


सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईका अनुसार पछिल्लो तीन बर्षमा सहकारी बैंकले ठूलो फड्को मारेको छ । पछिल्लो तीन बर्षमा बैंकको वासलात २२७ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै बैंकको सेयर रकम १७६, लगानी १९० बचत २३२ र नाफामा २१० प्रतिशतले बृद्धि भएको गुरागाईले दावी गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ