वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कालिञ्चोक बैंकका सिईओ अशोक सिवाकोटी भन्छन् –आगामी वर्ष उच्च प्रतिफल दिन्छौं

अर्थटुडे
२०७१ श्रावण १८, आईतवार

आईपिओ सेयरमा सबै ईच्छुक लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न अनुरोध गर्दछु । तपाईको लगानीलाई सुरक्षित र नाफा मुलक बनाउने काममा हामी प्रतिबद्ध छौ ।

लोकल बैंक भएकोले लगानीमा जोखिमको संभावना कम छ । साथै हामी सानो र सुरक्षित लगानीको मार्गमा छौ ।  स–सानो लगानीमा मार्जिन राम्रो हुने नै भयो । प्रतिस्पर्धा पनि अलिक कम हुने भएकोले लगानी सुरीक्षत हुने र अन्य क्षेत्रमा भन्दा उच्च प्रतिफल दिन हामी सक्षम हुने छौ ।

बैक संचालनमा आएको सुरु देखि नै नाफामा संचालीत छ । खराब कर्जा हामीसँग छैन । ईक्रा नेपालबाट क्रेडिट रेटिङ्ग गराई ईक्रा एनपि आईपिओ ग्रेड ४ प्रमाण पत्र प्राप्त भएको छ ।

अशोक सिवाकोटी सिईओ कालिञ्चोक डेभलपमेन्ट बैंक

अशोक सिवाकोटी
सिईओ कालिञ्चोक डेभलपमेन्ट बैंक

दोलखामा मुख्य कार्यालय रहेको कालिञ्चोक डेभलपमेन्ट बैंकको ४ लाख ९० हजार कित्ता साधारण सेयरको बिक्री साउन २१ गतेदेखि खुल्दैछ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी लगानीकर्तालाई आगामी आर्थिक वर्ष आकर्षक प्रतिफल दिने बताउछन् । अर्थसन्सारसँगको कुराकानीमा उनी भन्छन् – अहिले यति प्रतिशत भनेर ठोकुवा गर्ने भन्दा पनि लगानीकर्ताले सोचेको भन्दा उच्च प्रतिफल दिन सक्षम हुने कुरामा विश्वास दिलाउन चाहन्छु ।

कालिञ्चोक डेभलपमेन्ट बैंकले साधारण सेयर जारी गर्दैछ, लगानीकर्ताले किन यसमा लगानी गर्ने, आगामी दिनमा कस्तो प्रतिफल दिन सक्नुहुन्छ ? 

साधारण सेयर जारी गर्नै पर्ने यो नियमित प्रक्रिया नै हो । बैंक संचालनमा आएको २ बर्ष भित्रमा साधारण सेयर जारी गरिसक्नु पर्नेमा १ बर्ष म्याद थपको पनि व्यवस्था छ । सानो सेयर भएकोले समयमा नै जारी गरिएको हो ।
पछिल्ला दिनमा राष्ट्र बैंकको सक्रियताले बैंकिङ्ग क्षेत्र सुरक्षित भएको सर्वसाधारणले महसुस गरेका छन् । यस क्षेत्रमा प्रतिफल पनि राम्रो छ । हाम्रो बैंकको सन्दर्भमा हामी आकर्षक प्रतिफल दिन प्रतिवद्ध छौ । लोकल बैंक भएकोले लगानीमा जोखिमको संभावना कम छ । साथै हामी सानो र सुरक्षित लगानीको मार्गमा छौ । स–सानो लगानीमा मार्जिन राम्रो हुने नै भयो । प्रतिस्पर्धा पनि अलिक कम हुने भएकोले लगानी सुरीक्षत हुने र अन्य क्षेत्रमा भन्दा उच्च प्रतिफल दिन हामी सक्षम हुने छौ । अहिले यति प्रतिशत भनेर ठोकुवा गर्ने भन्दा पनि लगानीकर्ताले सोचेको भन्दा उच्च प्रतिफल दिन सक्षम हुने कुरामा विश्वास दिलाउन चाहन्छु ।

बैंकको हालको वित्तीय अवस्था कस्तो छ ?
बैक संचालनमा आएको सुरु देखि नै नाफामा छ । खराब कर्जा हामीसँग छैन । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त संस्था ईक्रा नेपालबाट क्रेडिट रेटिङ्ग गराई ईक्रा एनपि आईपिओ ग्रेड ४ प्रमाण पत्र प्राप्त भएको छ । सबै कुराको बिश्लेषण गरिएको विवरण पत्र र आव्हान पत्र सर्वसाधारणको लागि सार्वजनिक गरि सकिएकोले मैले थप बोली रहनु पर्छ जस्तो लाग्दैन । समग्रमा बैंकको अवस्था राम्रो छ ।

खासगरी ग्रामीण क्षेत्रमा बसेर वित्तीय संस्था संञ्चालनका चुनौति र अवसर कस्ता छन् ?

ग्रामीण क्षेत्रमा काम गर्न अलिक कठिन नै छ । भौगोलीक कारणले उच्च प्रबिधिको प्रयोगमा कठिनाई, बैकिङ्ग शिक्षाको कमी,  दक्ष जनशक्तीको अभाव र राम्रो ब्यवसायीक व्यक्तीको पहिचाहन नै मुख्य चुनौतीका बिषयहरु रहेका छन् । अवसरलाई हेर्ने हो भने नयाँ नयाँ ग्राहक, कम प्रतिस्पर्धा, कर्जा लगानीमा कम जोखिमलगाएत लगानीका नयाँ क्षेत्रहरु प्रशस्तै रहेका हुन्छन् ग्रामीण क्षेत्रमा ।

ग्रामीण क्षेत्रमा बैंक खोलेपनि भविश्यमा मर्ज भएर राष्ट्रिय स्तरमै आउने, सहरमै केन्द्रीत हुने प्रवृत्ती देखिन्छ । किन होला ?

प्रवृत्ती भन्दा पनि बाध्यता हो । एउटा कुरो पुँजीको कमि वा तोकिएको समयमा पूंजि बृद्धी गर्न नसक्नुले मर्ज रोज्नै पर्छ । अर्को कुनै कारणले बैंक समस्यामा पर्यो भने आफु भन्दा राम्रो जोडी सँग मर्ज गर्दा समस्या समाधानमा सजिलो हुन्छ भने बैंक पनि सुरक्षित हुने भयो । मुख्य कुरा चाहि कुनै पनि सानो चिज बढदै गएपछि उस्लाई सिमित कार्य क्षेत्रमा रहेर काम गर्नु पर्दाको अवस्थामा उस्ले चाहेजति व्यवसाय गर्न कार्य क्षेत्रको सिमितताको कारणले सक्दैन । त्यसैले वाध्य भएर माथीका बिषय वस्तुमा अगाडी बढ्नै पर्छ । यसको मतलव यो होईन की उसले ग्रामीण क्षेत्रलाई पूर्ण रुपले त्यागेको हुन्छ ।

बैंकको भावी योजनाहरु के छन् ?

राम«ो र स्वच्छ व्यवसाय गर्ने, शाखा कार्यालयहरुको थप बृद्धी र बिकास गर्ने, लगानी कर्तालाई उच्व प्रतिफल दिन सक्ने गरि कार्य योजना बनाएर काम गर्ने, राम«ो संस्थाको पहिचाहन गरेर मर्जमा जाने आदि ।

ग्रामीण क्षेत्रका वित्तीय संस्थालाई राष्ट्र बैंक र सरकारले कस्तो सहयोग गरेको छ ?

यो तपाईको अत्यन्तै राम्रो प्रश्न हो । ग्रामीण क्षेत्रका वित्तीय संस्थालाई राष्ट्र बैंक र सरकारले कस्तो सहयोग गर्छ भनेर राष्ट्र बैंकका गर्भनरसँग पनि भर्खर छलफल भएको थियो । उहाँले केही सहुलियत दिने बिषयमा भन्नु भएको छ । तर कार्यान्वयनमा आएको छैन । ग्रामीण क्ष्ोत्रमा प्रविधि जडान लगाएतको कार्य अति महँगो छ । आधुनिक बैकिङ्ग सुविधाको लागि राष्ट्र बैंक र सरकारले अनुदान सुविधा र कम व्याजदरको रकममा पहुँच दिनुका अतिरिक्त नाफा करमा समेत सौलीयत दिनको लागि अनुरोछ गरिएको हो तर सुनुवाई भएको अवस्था छैन । ग्रामीण क्षेत्रका वित्तिय संस्थाहरुको बिकासको लागि छुट्टै सहयोगको योजना ल्याउन जरुरी छ , नत्र वित्तिय संस्थाहरु ग्रामीण क्षेत्रबाट पलाएन हुने अवस्था आउन सक्छ ।

ग्रामीण क्षेत्रमा वित्तीय संस्था पुगेपनि यिनीहरुले न्युन आय भएका, गरिव जनतालाई समेट्न सकेनन् भन्ने आरोप लाग्ने गरेको छ, तपाई के भन्नुहुन्छ ?

केहि हदसम्म सत्य हो । गरिव सँग धितो हुँदैन । धितो नभएपछि ऋण पाउने कुरा नै भएन । विना धितो बैंकले लगानी गर्ने कुरा पनि भएन । फेरि कर्जा लिन आय श्रोत देखाउनु पर्छ । गरिवको आयश्रोत के हुन्छ । ग्रामीण क्षेत्रमा व्यवसायीक बन्न शिप विकास र तालिमको खाँचो छ । यो कहाँ बाट पुराहुने । सबै कुरा बैंकले गर्न सक्दैन बैंकका पनि सिमा र बाध्यताहरु छन् । बैंक व्यवसायीक संस्था हो, उस्ले नाफा कमाउनै पर्ने दवाव हुन्छ । तसर्थ सरकार र राष्ट्र बैंकले यस बिषयमा ध्यान दिन जरुरी छ । मिलेर गरे केहि गर्न सकिन्छ । बैंक एक्लैले गर्न सक्ने कुरा यो होईन रहेछ ।

तपाई सहकारी क्षेत्रमा काम गरेको व्यक्ति बैंकिङ क्षेत्रमा जानुभयो किन ? यो बिचमा तपाईको अनुभव कस्तो रह्यो ?
सहकारी क्षेत्र नराम्रो भएर चाहि म पलाएन भएको होईन । लामो समय मैले नेपालको शेयर वजार र सहकारीको क्षेत्रमा रहेर काम गरें । राष्ट्रिय सहकारी बैंकमा १० बर्ष काम गर्दा मैलै कर्णाली पारीका ग्रामीण क्षेत्र लगाएत अन्य ग्रामीण क्षेत्रको केहि अनुभव लिने मौका पाएँ । यस बाट म उत्साहित नै थिएँ । तर पछिल्ला दिनमा सहकारी क्षेत्रमा अलिक बढीनै राजनिति हावी भयो । व्यवसायीकताको कमी पनि आयो । राजनितिकर्मीहरु सहकारीले जे पनि गर्न पाउँछ भनेर भन्दै हिड्न थाले । सहकारीहरुमा मनोमानी ढंगले कार्यगर्न थालियो । अनुगमन र निरिक्षणको पाटो अत्यन्त कमजोर भयो । सहकारीका अगाडी सरकार नै भुक्यो र सहकारीहरु ठुला जस्ता देखिए । यस बाट म बिचलित भए र मेरो भविष्य यस क्षेत्रमा असुरक्षित महसुस गरे । त्यसैले म बैकिङ्ग क्षेत्र तिर लागे । कामको प्रकृतीमा खासै फरक नभए पनि बैकिङ्ग क्षेत्रको अभिवावक वलियो छ । काम गर्न मजा आएको छ । राम्रो गरे पुरस्कार र नराम्रो गरे दण्डीत हुने व्यवस्थाले सधै चुस्त हुनु पर्छ भन्ने ज्ञान प्राप्त भएको छ । राम्रो गर्नेका लागि अवसरै अवसर छ ।

तर पनि मेरो सहकारीमा काम गर्ने चाहना पूर्ण रुपले मरि सकेको छैन । मलाई सहकारी क्षेत्रको पोलिसि लेवलमा बसेर काम गर्ने ईच्छा छ । अहिले पनि त्यो अवसर आएको छ । तर बैकिङ्ग क्षेत्रबाट अवकास पाए पछि मात्र सो काममा लाग्ने हो । सहकारीलाई पनि बैकिङ्ग जस्तै सुशासित र मर्यादित बनाउनु पर्छ । त्यो काम सहकारी र बैकिङ्ग क्षेत्र बुझेकाहरु बाट मात्र संभव छ, भन्ने मलाई लागेको छ ।

अन्त्यमा  ?
कालिञ्चोक बैंकले निश्कासन गरेको आईपिओ सेयरमा सबै ईच्छुक लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न अनुरोध गर्दछु । तपाईको लगानीलाई सुरक्षित र नाफा मुलक बनाउने काममा हामी प्रतिबद्ध छौ ।

कालिञ्चोकको ४ लाख ९० हजार कित्ता साधारण सेयर आउदै

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ