काठमाडौं । सोमबार उच्च अंकले घटेको नेपाली सेयर बजारमा मंगलबार भने दोहोरो अंकले सुधार आएको छ ।
सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३.८३ अंकले बढेर २७१२.०७ अंकमा पुगेको छ । यसदिन कारोबार सुरु भएलगत्तै ओरालो लागेको बजार पुनः बढेर ६४ अंकले वृद्धि भएको थियो । अन्तिम समयमा पुन घटेर बढेको थियो । तर बजार सम्हालिन नसक्दा अन्तिममा ०.४७ प्रतिशतको वृद्धिसहित आजको कारोबार बन्द भएको छ ।
मंगलबार बैंकिङका साथै, निर्जीवन तथा पूर्नजीवन बिमा, विकास बैंक, लघुवित्तलगायतका समूहगत परिसूचक वृद्धि भएका छन् । व्यापार, फाइनान्स र उत्पादनमुलक समूह भने घटेका छन् ।
बजार वृद्धि भएपनि मंगलबार कारोबार रकम भने घटेको छ । यसदिन २२३ कम्पनीका एक करोड ५३ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्व करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया