काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक मंगलबार २५ सय विन्दुमा झरेको छ । बैंकमा लगानी गर्ने रकम (तरलता) अभाव भई व्याजदर बढ्न थालेपछि सेयर बजार प्रभावित भएको हो ।
दशै विदापछि खुलेको सेयर बजार पछिल्ला दुई दिनमै करिव डेढ सय अंकले घटिसकेको छ । आईतबार सामान्य अंकले वृद्धि भएपनि सोमबार र मंगलबार उच्च गिरावट आएको छ ।
भदौ १ गते नेप्से सूचकले रेकर्ड कायम गर्दै ३२ सय विन्दुमा पुगेको थियो । मंगलबार ७७.३३ अंकले घट्दा २५१०.७३ अंकमा झरेको छ । यसदिन २२१ कम्पनीका ९५ लाख ७५ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्व ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया