वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भारतिय प्रधानमन्त्री मोदीको संसदमा विषेश सम्बोधन, १० हजार करोड रुपैयाँ सहयोग गर्ने घोषणा

अर्थटुडे
२०७१ श्रावण १८, आईतवार

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई १० हजार करोड रुपैयाँ सहयोग थप गर्ने घोषणा गरेका छन् । व्यवस्थापिका संसदमा विषेश सम्बोधन गर्दै उनले सम्वृद्ध नेपाल भारतको पनि चाहाना रहेको बताए ।

उनले गरिवी निवारण गर्नका लगि सार्क देशहरु मिलेर अघि बढ्नुपर्ने बताउँदै नेपालमा पर्यटनको ठूलो सम्भावना रहेको र यसलाई नेपालले क्यास गर्न सकेमा वेरोजगारी हटाउन पर्यटन क्षेत्रले ठूलो मद्धत गर्ने बताए ।
त्यस्तै जडिवुटीको खानी रहेको नेपालले हर्वल उत्पादनमा सघाउने बताए । मोदीले भारतले अहिलेसम्म १ अर्व अमेरिकी डलर सहयोग गरिसकेको समेत बताए । सो संबोधनमा मोदीले नेपालको सभासदहरुले समयमा नै संविधान सोच विचार गरेर जारी गर्न आग्रह गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ