काठमाडौं । झापा स्थित नेपाल बहुदेश्यीय सहकारी संस्था (एनएमसी) लिमिटेडले सहकारी क्षेत्रमा इको सिस्टमको विकास गरेको छ । सो सहकारीले उत्पादन, वितरण र उपभोगसम्मको काम आफैले गरेर सहकारी क्षेत्रको इको सिस्टम “पारिस्थितिक प्रणाली”को विकास गरेको हो ।
स्थापनाको दुई दशकपछि नाम अनुसारको काम गर्न सुरु गरेको सो सहकारी नेपालभरमा नै नमुना सहकारीको रुपमा रहेको छ। हालसम्म देशका कुनैपनि सहकारीहरुले सहकारी क्षेत्रको इको सिष्टमको विकास गर्न सकेको छैन ।
सो सहकारीले सर्वसाधारण जनताबाट स साना छरिएर रहेको पुँजी कलेक्सन गर्ने, उनीहरुमा ऋण लगानी गर्ने वित्तिय साक्षरताको कामदेखि मास स्केलमा उत्पादन गरी आफैले स्थापनाका गरेको विभिन्न वितरण केन्द्रहरुबाट विक्रि वितरण र उपभोगमा समेत उत्तिकै सक्रियता देखाउँदै आइरहेको छ ।
२०५० सालमा स्थापना भएपनि स्थापना एनएमसीले २०७२ बैशाख २ मा सेवा विविधिकरण गर्दे करिव १५ करोड लगानीमा डेरी उद्योग स्थापना गर्यो । जसले प्रदेश १ का ३ जिल्लाका करिव ४७ वटा दुग्ध चिस्यान केन्द्रहरुबाट दैनिक १५ हजार लिटरको हाराहारीमा डेरी उद्योगमा दुध संकलन र वितरण भइरहेका छन् । साथै सो सहकारीले दुधबाट विभिन्न परिकारहरु जस्तै चिज, दुर्खा घिउ लगायतका सामग्री बनाएर विक्रि गर्ने गरेको सहकारीका अध्यक्ष रामचन्द्र उप्रति बताउँछन् ।

उनका अनुसार दुध उत्पादनका लागि सहकारीले आफ्नै लगानीमा गाई फाम पनि खोलेको छ । जहाँ ४५ वटा गाईहरु पालिएको छ भने उसका बच्चाहरु समेत रहेका छन्। ति गाइबाट सहकारीले दैनिक २७० लिटर दुध विक्रि वितरण गर्ने गरेको पनि अध्यक्ष उप्रतिले अर्थटुडेलाई जानकारी दिए । गाई पालन व्यवसाय भने सहकारीले २०७६ सालदेखि गरिरहेको छ ।

त्यस्तै सहकारीले अघिल्लो आर्थिक बर्षदेखि १६ विघा जग्गा किनेर नमुना कृषि फार्म खोलेको छ । त्यहाँ कृषि उत्पादनका लागि चाहिने सबै प्रकारका विरुवाहरुको उत्पादन गर्नुका साथै तरकारी खेती पनि थालेको छ । प्रदेश सरकारको १ करोड १५ लाख तथा आफूहरुले सोही रकम थपेर २ करोड ३० लाख लगानीमा संस्थाले कृषि कर्मका लागि चाहिने सामग्रीहरुको पनि जोहो गरेको छ । जहाँबाट अन्य कृषकहरुले कृषिका उपकरणहरु अन्य कृषि केन्द्रहरुमा वितरण समेत हुने गरेको छ ।

त्यस्तै संस्थाले चिया उद्योग संचालन पनि गरेको छ । जहाँबाट चिया उत्पादन प्रसोधन र वितरण पनि गरिरहेको अध्यक्ष उप्रेतिको भनाई रहेको छ ।“सहकारीले आफूले उत्पादन गरेको कृषिजन्य सामाग्रीहरुको विक्रि वितरणका लागि विचको दलाली खोज्न पर्दैन । हामीले आफूले उत्पादन गरेका कुराहरुको विक्रि वितरण आफैले गरिरहेका रहेका छौ सहकारी पसल मार्फत” अध्यक्ष उप्रेतिले भने।
उनका अनुसार बजारमा उपभोक्ताहरुको सहज पहुँच पुगोस् भनेर सहकारीले नै लगानी गरी १५ वटा सहकारी पसल खोलिएको छ । जहाँ एनएमसीले उत्पादन गरेको मात्र नभएर प्रदेश १ का विभिन्न जिल्लाका सहकारीहरुले उत्पादन गरेको सामग्रीहरु पनि विक्रि वितरणका लागि राखिने गरेको छ । त्यस्तै सहकारीले नमुना कृषि फार्म पनि संचालन गरेको छ । जहाँबाट विभिन्न प्रजातिका तरकारीका विरुवाहरु उत्पादन गरेर विक्रि वितरण हुन्छ ।
हामीले सहकारी क्षेत्रको पारिस्थितिक प्रणालीको विकास गर्न खोजेका हौ, अध्यक्ष उप्रेतिले भने, सहकारीले चाह्यो भने उत्पादन, विक्रि वितरण र उपभोग सम्मको एक प्रकारको पारिस्थिति प्रणाली बनीरहेको छ जुन नेपालकै लागि उदाहरणीय काम हो ।सहकारीले वित्तिय कारोबार पनि गर्ने भएकोले त्यहाँबाट जेनेरेट भएको रकम पुनः सहकारीमा नै फर्कने भएकोले भ्यालु चेन (सहकारीको मुल्यश्रृङ्खला) मा पनि ठूलो योगदना पुगेको अध्यक्ष उप्रेतिको दावी रहेको छ ।

सहकारीले चाह्यो भने नियम कानुनले बाधा नपर्ने अध्यक्ष उप्रेतिको दावी रहेको छ । उनका अनुसार यसरी काम गरिरहेका सहकारीहरुको प्रबद्र्धनका लागि सरकारले विभिन्न प्रकारका छुटका स्कीमहरु ल्याउन जरुरी छ । जसबाट अन्य कृषक वा सहकारीहरु पनि उत्पादनमुलक क्षेत्रमा लगानीको लागि उत्साहित हुन सक्छन् । एकलाख ५ हजार भन्दा बढी सेयर सदस्य रहेको सो सहकारीको कारोबार झन्डै एक अर्ब ५० करोड रहेको एनएमसीले जनाएको छ।
प्रतिक्रिया