वि.सं. २०८१ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अव जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ र निर्जिवनको साढे २ अर्व

अर्थटुडे
२०७८ चैत्र १०, बिहीबार

काठमाडौं । बिमा समितिले जीवन र निर्जीबन बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको छ । विहिबार बसेको संचालक समितिको बैठकले जीबन बीमा कम्पनीहरूको न्युनतम ५ अर्ब रुपैयाँ र निर्जीबन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पु¥याउनुपर्ने निर्णय गरेको हो ।
हाल जीवन बिमाको २ अर्व र निर्जीवन बिमा कम्पनीको १ अर्व पुँजी रहेको छ । पुँजी वृद्धि सम्बन्धी निर्णय गरेपछि अध्यक्ष सिलवालले नयाँ पुराना सबै कम्पनीले ३० दिन भित्र पुँजी वृद्धि सम्बन्धी योजना पेश गर्नुपर्ने र त्यसमा हकप्रद राख्ने वा नराख्ने भन्नेबारे समितिको कुनै अडान नरहेको स्पष्ट पारेका हुन् ।
‘कम्पनीहरुले कसरी पुँजी पुर्याउने हो ? त्यसको योजना बुझाउनु परो, मर्जरमा लगेर पुँजी पुर्याउँछ की कसरी पुर्याउँछ ? कति राइट राख्ने हो ? कति बोनस राख्ने हो ? प्रस्ताव आउनुपरो अनि हामी हेछौ’ , अध्यक्ष सिलवालले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ