भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतविच एचआइटी अर्थात हाइवे, आइवे एण्ड ट्रान्समिसनमा सहकार्य गर्नुपर्ने बताएका छन् । एच–हाइवेज (राजमार्ग), आई–इन्फरमेसन टेक्नोलोजि वेज (सुचना प्रविधिमार्ग) र टि–ट्रान्स वेज (क्रसबोर्डर ट्रान्स मिसन लाईन) लाई आफुले उच्च प्राथमिकता दिने उनले बताएका हुन् ।
त्यसैगरी पञ्चेश्वर परियोजना अगाडी बढाउने र महाकाली नदीमा भारतको तर्फबाट चाडै पुल बनाउने पनि मोदीले संसदमा जानकारी दिए । उनले सार्क स्याटलाईट भारतमा बनाइने जसबाट नेपाललगायत सार्क राष्ट्रले पनि सो को फाइदा लिन सक्ने बताए ।
नेपालमा विद्युतको ठूलो सम्भावना छ नेपालले विद्युत उत्पादन गरेमा भारत किन्नका लागि तयार रहेको छ उनले भने यसबाट नेपालको विकास हुन्छ । त्यसैगरी उनले भने—नेपाललाई हामी अहिले अन्धकार हटाउँछौ १० वर्ष पछि नेपाल भारतलाई अन्धकारबाट हटाउँछ ।
त्यसैगरी नेपाललाई उज्यालोमा राख्नका लागि भारतले नेपाललाई दिदै आएको उर्जा दोव्वर बनाउने पनि बताए । भारतमा अर्गानिक खेतिको लागि नेपालको सहयोग लिने हर्वल उत्पादनका लागि नेपालको जडीवुटी पनि भारतमा लैजाने बताए ।
प्रतिक्रिया