काठमाडौं । जिल्ला संघ काठमाडौंले जिल्लाभर विभिन्न कार्यक्रम सहित ६५ औं राष्ट्रिय सहकारी दिवसको मनाउने भएको छ । संघले जिल्लाभित्रका नगर समितिसँगको सहकार्यमा चैत १८ गतेदेखि २० गतेसम्म कार्यक्रम विविध कार्यक्रम तय गरेको छ ।
संघले बुधबार सार्वजनिक गरेको कार्यक्रमको तालिका अनुसार वृद्धाआश्रममा खाद्यान्न सामग्री वितरण तथा फुलसहितको गमला वितरण, सहकारी सम्बन्धी छलफल तथा अन्तरक्रिया, जेष्ठ नागरिकलाई भोजन तथा फलफुल वितरण लगायत विविध कार्यक्रम गर्ने भएको छ ।
चैत २० गते भने संघकै संयोजनामा स्काई दरबार बैंकेटमा स्थानिय सरकार र जिल्ला संघको भूमिका विषयमा अन्तरक्रिया गोष्ठी आयोजन गर्ने अध्यक्ष ज्ञान बहादुर तामाङले जानकारी दिए ।
सहकारी दिवसका अवसमा यस वर्षका लागि मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नारा तय गरिएको छ ।
प्रतिक्रिया